Skip to content

दैबले भाग्य लुटी नै रह्यो


असीमित आशा जब, टुटी नै रह्यो
विश्वास पनि यहाँ, उठी नै रह्यो

यात्रा जिन्दगीको गर्दा गर्दै
बाटो भरि साथ, छुटी नै रह्यो

दैवले भाग्य लुटी नै रह्यो
हरपल हिम्मत, जुटी नै रह्यो

हर रहर बाच्न मन भए पनि
कुकर्म यहाँ सुती नै रह्यो

निजाम आनाह
हाल साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *