भन्नेहरूको मुख थुन्न जानेको छ मैले पनि
आफ्नो लागि खुसी चुन्न जानेको छ मैले पनि
कैले घाम कैले छाया जिन्दगीको रीत यस्तै
दु:खमा सपना बुन्न जानेको छ मैले पनि
आफ्नो गल्ती छोपेर अरुलाई दोष दिनेको
अवगुन खोजेर गुन्न जानेको छ मैले पनि
घाइते मुटु चर्ह्याउछ नून-चूक दलेपछि
दर्द समेटेर तुन्न जानेको छ मैले पनि
बोटको फूल बोटमा ओइल्याउदा श्राप ठाने
थुंगा टिपी माला उन्न जानेको छ मैले पनि