Skip to content

म आँखैमा राखिने योग्य कहाँ छु

  • by


म आँखैमा राखिने योग्य कहाँ छु
मलाई सम्झी टिठ्याउने योग्य कहाँ छु
म भूल हुँ सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

कुनै दिन जब म सबैलाई रिझाएँ
त्यहीं म किन आज सबलाई बिझाएँ
म मान्छे हुँ मान्छेलाई माया चाहिन्छ
मेरो जीवनलाई पनि साथी हुन्छ
तर साथी बन्ने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भूल हुँ सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

उदास मेरो मुहारमा मुस्कान जटेन
ऐनामा म हाँस्ता आफैंलाई चिनिन
दुखको उदाहरण मेरै जीवन होइन
खुसीमा म मेरो अधिकार नै छैन
यी प्रश्न उठाउने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भूल हुँ सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

शब्द, संगीत – शरण प्रधान
संगीत – अरुणा लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *