Skip to content

प्यासी पृथ्वी, वर्षात र सुहागरात

  • by

कयौं महिना भएको थियो
तात्तिएर पृथ्वी
माथिमाथि अनि बाफ्फिएर बाफ
र धुँवाहरू एकसाथ उठिरहेको

पृथ्वीमा एक समयसम्म खडेरी नै चल्यो
अनि हरेक गाउँ सहरहरू
खण्डहर भैसकेको थियो ।
र किसानका हरेक बाझो जमिनहरू
बदलिएर बगर भैसकेको थियो ।

मुख आहा बनाएर पर्खिरहेका थिए
पोखरीमा एकथोप्पो पानी नपाएर
मरिरहेका थिए केही माछाहरू ।

फूलहरुसँग रुनलाई आँखामा आँसु थिएन
बिलकुल ओइलाइरहेको अनुहार लगाएर
टोलाइरहेका थिए केही हुल फूलहरू ।

गाडीको इञ्जिनबाट निस्किरहेको
हिलाम्ये धोलोधुवाहरुले
प्रदुषित बनाइरहेको थियो प्रकृति
र सँगै

कसैको कलिलो चेहेरा झै लाग्ने गरेर
प्रदुशित भैरहेको थिए
बोटबिरुवाका नाङ्गा पातहरू

र, जहाँ कुनै शसक्त नौजवानको
बदनको रक्तनलिहरुमा दौडिरहेका
असीम हर्मोनहरुको बहावको प्रभावले
हर छ्यण चेहेरा बिसाक्त बनाइरहेको झै गरेर

धुलोका हरेक कणहरुले
यो सिङ्गो वातावरणभर
प्रदुषण फैल्याइरहेको थियो

तिर्खाएर
हरेक पल केवल पानीकै निमित्त
प्रेमपागल जत्तिकै भएको थियो
मृग ।

शान्त बगिरहेको सरिताको
तरङ्गगित बहावहरुलाई हेरेर
पचास डिग्री सेन्टिग्रेडमा
परेड खेलेर मरुभूमिहरुमा भासिरहेथे
अक्रान्त बनेर ! अनि वर्षौंवर्ष पुरानु
आफ्नो प्यासी ओठ देखाएर
र तिर्खाइरहेका थिए
बालुवाहरू ।

सबै सबै बिचलित थिए

जलेर खरानी भैरहेको
पृथ्वी उपर बाफ उढिरहेको थियो
र त्यही बाफहरुले
सातसमुद्रपारि त्यो टाढाको
क्षितिजमाथि मढारिरहेको
बादलहरुहुँदै लगिरहेको थियो
आकाशमा
सन्देश………… ।

र त्यो एकैछिनमा गज्रियो
मेघगर्जनहरुको पूर्व सूचनासहित
र बर्सियो पृथ्वीभरि भारी वर्षाहरू भएर

जमिनमा ज्युँदै मरिरहेका
माछाहरू झरिरहेका पानीको लामो झरना
र जलधाराहरुमा बगेर
बिस्तारै नदिमा गए ।

अनि शरीर फिजाएर नुवाइरहेकी
कुनै सुन्दर कन्या झै गरेर बसिरहेको थियो प्रकृति
सबतरफ सफा र हरियाली देखियो पृथ्वी ।

भोकले आहार माग्दै
ट्वारट्वार आवाज निकालिरहेको
त्यो बिगतको भ्यागुता पनि
डकारेर ठ्याउँठ्याउँ गरिरहेको थियो ।

अनि बाफिएर बाफ उँडिरहेको
बिगतको त्यो रातो जमिन पनि सतुस्ट भयो
र अघिको टन्टलापुर घाममा
तात्तिरएर धुवा निस्किरहेको
त्यो तातो बालुवा पनि अघायो
र मोटाएर हृष्टपुष्ट भयो।

वर्षौं पहिले बिछोडिएका रहरका लामा लस्करहरू झै लाग्ने
ती नाङ्गा नदीनालाहरू
सबै सबै भरिए सपनाहरू
अनि एकैछिनमा स्वप्निल सागरमा भेटिएर
त्यतैतिर मनाए सुहागरात पनि ।

उत्पात उमङ्ग छाइरहेको थियो सबतर्फ
वर्षातहरुसँगै नसा पिएर मातमा मस्त निदारहेको
कुनै मतुवाझै
या मानौ कि,
बिर्को उघारिएको रक्सीको कुनै बोतल जस्तै
त्यो उदाङ्गो आकाश मुन्तिर

सबैभन्दा मुनि उभिएर
छर्लङ्ग देखिने गरी तल तपतप चुहिरहेको जल पिएर
निदाइरहेको थियो
पृथ्वी ……………

अनि आसमानबाट परिरहेको मध्होस
पानीहरुसँगै चलिरहेको मन्दमन्द बतासहरुमा
र प्रकृतिको जवानीहरुसँगै
भिजिरहेको थिएउसका हरेक अङ्गहरू
र मधुमास मनाएर उसँगै एकासाथ
आनन्द निदाइरहेको थ्यो आकाश ।

एकैछिनमा, अनि अलग्गिएर अघिको आक्रान्त
विश्वब्रह्माण्ड
पग्लिएर शिथिल र शान्त भैसकेको थियो ।
जब, अन्दर अकस्मात, वर्षात बर्सियो ।

र त्यही वर्षातको सबैभन्दा मुनि उभिएर
बृयपातपश्चात्
सबैभन्दा ज्यादा रमाइरहेको थियो पृथ्वी ।

ब्युझिएर आँखा उघारी हेरिरहे आकाशमा एकछिन
कसैलाई पनि थाहै नदिएर एक एकनजर
तर, छयणभरमै बिगतको त्यो वर्षात रोकियो !

र अग्यात कोही आफ्ना दुवै हातहरू हल्लाएर
हिडिरहेको थियो
धुवालो बादलहरुमाथि
क्षितिजको बीच भएर
अनि अलिपर सरेर परलोकमा
झरेर अन्तिम पटक
पृथ्वीराजकुमारको अनुहारतिर फर्किएर

र त्यो !
बिस्तारै बिलाएर गयो
त्यही वायुमण्डलहरुमै ।

बिहानै ब्युँझिएर हेरिरहे एकदिन
जादु गरेर लागू भरेर
सायद, त्यो रात मेरो निदरीमा
मेरी सपनाकी परी आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *