Skip to content

गर्दिन भन्दै थियो

  • by


गर्दिन भन्दै थियो, ऊ उक्साहट आयो
हेर्दा हेर्दै खुनी हातको फैलावट आयो

फूलहरू मुर्झाएका थिए, बिश्वास ढलेका
दमित इच्छाहरूको सजावट आयो

लेखिनु पर्थ्यो इतिहास कलमले, नकी तरबारले
न्याय भनिने कुरामै पनि, गिरावट आयो

दिक्क छ, गाउ टोल, शहर बजार
यो सोच्दै कि, कसरीरहन सहनमा मिसावट आयो

बल्ल शान्त भो, यो विवेकको भित्रैसम्म मन
सुनेर पापीको पापमा पुरै चुहावट आयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *