Skip to content

कोपिलाको माया फुल्दा


कोपिलाको माया फुल्दा, बास्ना उड्यो अन्त कतै,
आज त्यही सुवासको, चर्चा छ रे जता त्यतै,

कस्तो भोक थियो उनको भने हुन्थ्यो मन खोली
ज्यानै दिई पुरा गर्थें त्यो ओठको सबै बोली,
मुटु माझ छुरा हाने थापी दिन्थें हाँसी खुशी
जति घृणा गरूँ भन्छु माया बढ्दै हुन्छ झुसी

आधा बाटो हात छुट्यो जिन्दगीको जंघारमा
बिर्सु भन्छु अल्झिरहें सम्झनाको संघारमा
पाए मात्र हुन्न माया नपाएरै उनी मेरी
जिन्दगानी काटी दिन्छु यी तस्बिर हेरी-हेरी

कोपिलाको माया फुल्दा, बास्ना उड्यो अन्त कतै,
आज त्यही सुवासको, चर्चा छ रे जता त्यतै,

कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल-दक्षिण कोरिया

1 thought on “कोपिलाको माया फुल्दा”

  1. तिमी फुलेको देखें मात्रभमरा
    तिमी फुलेको देखें मात्र
    भमरा डुलेको देखें मात्र
    खै कस्ले संगित भरेर गायो
    मैले त गित बनाएर लेखें मात्र ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *