Skip to content

पाँच हाइकु (आँसुको रङ)

  • by

(१)
आँसुको रङ
जीवन क्यानभास
अमूर्त चित्र ।

(२)
मेरो चिहान
तिम्रो अस्थिपञ्जर
अध्कल्चो प्रेम ।

(३)
हाम्रो मुहार
चिन्ता साइनपोस्ट
गन्तव्य चिता ।

(४)
गाडाको चक्का
फनफनी गुडाई
कीलो एउटै ।

(५)
मधुर गीत
बधिरको जमात
मर्मको मृत्यु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *