Skip to content

मलाई त सुनसान रातसँग डर लाग्छ


मलाई त सुनसान रातसँग डर लाग्छ
हावै नचली हल्लिने पातसँग डर लाग्छ

अंग आफ़्नै शरिरमा जोडिएका भए पनि
वाह्य इशारामा चल्ने हातसँग डर लाग्छ

धेरै कथा जिन्दगीका बियोगान्त हुन थाले
अन्त्यभन्दा अचेल शुरुवातसँग डर लाग्छ

उठे टाउको बजारिने बसे भुइँमा थचारिने
यस्तै यस्तै घात, प्रतिघातसँग डर लाग्छ

दुष्ट, दानव, दैत्य रूप मान्छेभित्रै हुँदो रैछ
सबैभन्दा मानिसको जातसँग डर लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *