Skip to content

टाढा धेरै टाढा

  • by


टाढा धेरै टाढा, माया तिमीलाई
भेट्न आएँ काटी नौडाँडा
आऊ सम्हाल तिम्रै हो माया मेरो
तिमी बिना जिन्दगी अँधेरो

सुनगाभामा तिमी हाँस्छौ गुराँसमा तिमी
खाएका छौं कसम धेरै नछुट्टिने हामी
अन्धो रैछ पिरती यो भेट्न आएँ माया

झरनाको कलकलमा तिम्रो मिठो बोली
छहराको सुसेलीमा चखेवाको जोडी
देख्ताखेरि मुटु थामी भेट्न आएँ माया

शब्द – विनोद ढकाल
स्वर – नगेन्द्र श्रेष्ठ
संगीत – सम्भुजीत बासकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *