Skip to content

आफन्तैसँग यहाँ डर

  • by


आफन्तैसँग यहाँ डर लाग्छ मलाई
पराइकै बरु भर लाग्छ मलाई

जब दिन ढल्छ, जब साँझ पर्छ
तिम्रै यादमा पिउन कर लाग्छ मलाई

यो खुल्ला आकाश यो खुल्ला धर्ती
जहाँ बस्यो त्यही घर लाग्छ मलाई

कस्तो मन तिम्रो कस्तो साथ तिम्रो
नजिक जान्छु झन् पर लाग्छ मलाई

– सञ्जय जुग्जाली
बिम – २, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *