Skip to content

बाँके जिल्ला,चारै किल्ला…………

बाँके जिल्ला,चारै किल्ला छिमेकी र गाउँ
थरीथरी भेष, भाषा बोल्ने साझा ठाउँ

अनेकतामा एकताको नमूना बनाउँ….
हिन्दु, मुस्लिम, शिख इसाई अरु धेरै धर्म

जेभए पनि अर्मपर्म ठूलो ठान्छौं कर्म ।
वागेश्वरी, जामे मस्जिद, गुरुद्वारा जाउँ

जसै मिली बस्यौं हामी सन्ततीलाई बसाउँ ।
अनेकतामा एकताको नमूना बनाउँ….

रानीतलाउ, महेन्द्रपार्क वाटरपार्क हाम्रै
बाँके राष्ट्रिय निकुञ्जको विकास गरी राम्रै

पाहुनाको वइरो लाग्ने नेपाल्गन्ज भनाउँ ।
बाँके जिल्ला भारतबाट नेपाल छिर्ने ठाउँ

अनेकतामा एकताको नमूना बनाउँ……
बाँके जिल्ला,चारै किल्ला छिमेकी र गाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *