Skip to content

तामाङ साहित्य एकेडेमी गठन

  • by
20130626_SanchuBlongTamang_News


तामाङ पहिचानका लागि साहित्य लेखन भन्ने नाराका साथ यही २०७० साल असार ८ र ९ गते आयोजित दोस्रो तामाङ साहित्य सम्मेलनले तामाङ साहित्य एकेडेमी गठन गरेको छ ।

तामाङ भाषामा लेखिएका साहित्यको संरक्षण, स्तरीयता र नयाँ विधामा तामाङ भाषामा साहित्य लेखनलाई जोड दिदै तामाङ साहित्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास गर्ने उदेश्यले देशैभरीका सहित्यकारहरूको दुई दिने सम्मेलन भएको हो ।

एकेडेमीले तामाङ साहित्यको विकासका लागि १० वर्षे योजना पारित गरेको छ ।

त्यसै गरी तामाङ जातिको महत्वपूर्ण दिनहरूको तिथि पात्रो, साहित्यलाई मजबुत गराउने अडानपत्र माथि व्यापक छलफल सहित पारित गरिएको छ ।

त्यस्तै तामाङ भाषाको लेखन शैली पुस्तिकाको अवधारणा बारे व्यापक छलफल गरिएको छ । त्यसलाई नव गठित एकेडेमीले टुंगोमा पुर्याउने निर्णय गरियो ।

यस एकेडेमीले साहित्यको कविता, नाटक, आख्यान, निवन्ध, लोकसाहित्य, समालोचना, अनुवाद र बालसाहित्य विभाग बनाई अध्ययन अनुसन्धान र प्रकाशनलाई १० वर्ष सम्ममा नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ । यसले सम्ममा नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ । जसले तामाङ साहित्यलाई समृद्ध बनाउनेमा विश्वस्त हुन सकिन्छ ।

२ दिने सम्मेलनबाट अमृत योन्जन तामाङको अध्यतामा ९ सदस्यीय प्राज्ञ परिषदको गठन गरिएको छ । जसमा निम्न व्यक्तिहरू रहेका छन् ।

१) कुलपति : अमृत योन्जन तामाङ
२) उपकुलपति : बुद्ध योन्जन लामा
३) सचिव : खोजराज गोले
४) कोषाध्यक्ष : राम बि लामा
५) परिषद सदस्य : बिना तामाङ
६) परिषद सदस्य : अर्जुन पाख्रिन
७) परिषद सदस्य : सन्चु ब्लोन
८) परिषद सदस्य : सिर्जना गोले
९) परिषद सदस्य : ढकबहादुर घिसिङ

त्यसैगरी ३३ जनाको प्राज्ञसभा रहेका छन् ।

सन्चु ब्लोन

Leave a Reply

Your email address will not be published. Required fields are marked *