Skip to content

सोह्रको आनामा लेख्छु गजल


सोह्रको आनामा लेख्छु गजल
पाँथी र मानामा लेख्छु गजल

नजर नपरेको वादी र राउटेहरू
उध्रेको छानामा लेख्छु गजल

थोपा-थोपा तप्किदा मोती देखे
पसिना दानामा लेख्छु गजल

बान्ता खाइरहेको मान्छेलाई हेरे
दुखिको खानामा लेख्छु गजल

अन्त्यमा सबै ठिक भए मात्र
कागजी पानामा लेख्छु गजल

कागजी फूल
झापा,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *