Skip to content


परिवर्तनशिल समय भएर नै होला, बिहान उदाउने सूर्यले बालक कालको अनुभूति न्यानो ताप संग, जस्तै जन्मदाको सानो बालकलाई काखमा लिदा सुन्दर र गर्ब, आनन्दको अनुभूति हुने गर्दछ ! त्यस्तै जीवनका तिता मिठा पलहरूसँग बढ्दै गएको उमेर अर्थात् दिउसोको चढ्दै गएको चर्को घाम, वित्तिरहेको समय संगको भर्भराउदो जवानी उमेरलाई सूर्यको दिउसोको कडा तापले हामीलाई अंकित गर्दै जीवनको महत्व याद गराइरहेको हुन्छ, त्यस्तै बिहान, दिउसो गर्दै ढल्दै जाने समय …सँग बुढेस काललाई अर्थात् अन्त हुने समयलाई अन्धकार भएर देखाइरहेको हुन्छ ! आखिर समयले कसैलाई पर्खदैन रहेछ त्यस्तै जन्मनु, बढ्नु र बुड़ो हुनु प्रकृतिले हामीलाई यसरी दीइरहेको संकेत उदाहरनीय छ ! जसरी बिहान दिउसो अनि रात्री पछि बिहान फेरि हुन्छ त्यस्तै जन्मने र मर्नेको सफर, कुनै न कुनै रुपमा फेरि अबश्य हुन्छ भन्ने बोध क्रमश जारी नै रह्यो !

मलाई अँझै सानोको केही कुरा याद आउछ, मेरो बाबाले ट्याक्टरमा हालेर मलाई बिराटनगरदेखि राजविराजसम्म ल्याउदाको त्यो क्षण, त्यो पीडा !

शरीरभरि घाऊबाट फतक्कै भएकोले मलाई सबै परिवारले चारैतिरबाट घेरेर, पालो गर्दै शितल दिन छाता ओढ्याएको कढिन समय ! चर्को घामले घाउलाई पिल्साउछ भन्दै मलाई नया जीवन दिन र, मेरो मर्दै बाच्दै गरेको अवस्थाले मेरो प्रणालाई बचाउन जन्म दिने आमाले एकै छिन पनि नछाडी मेरो टाउकोलाई आफ्नो काखमा शिरानी दिई, बस्दा घरि केश सुम सुमाउने त घरि अनुहार आफ्नो आचल्ले पुछी दिने अनि मेरो मुख भरि घाउले कुहिदा पानी निल्न पनि नसकेको अबश्थामा रुवा (कपास)लाई भिजाई ओठलाई रसाउदै पुलु पुलु अनुहारतिर हेर्दै आँखाबाट बलिन्द्र धारा आशु खसाल्नु भएको अहिले झैँ लाग्छ ! मैले त्यो बेला जानी नजानी कति कष्ट र दुख दिए पनि !

आमाको माया, त्याग र स्नेहको बर्णन गर्न सक्दिन म, तर आफू मर्दै बाच्दै गर्ने क्रममा शरिरहरू घाउले कुइदा पनि, बालक देखिनै मन पर्ने श्लोक, कथा, कहानी, भजनहरूले गर्दा म आमा र बाबालाई अति नै दुख दिने गर्दथे ! मलाई याद छ काखमा टाउको राखेर मेरो अनुहारमा हेरेर आँखा भरि आशु गर्नु हुदा मैले आमाको अनुहारतिर पुलुक्क हेरेर दुई ओठ पुरै खोल्न नसकी नसकी भने, …आमा मलाई एउटा श्लोक सुनाउनु न, … ! आमाले रुन्चे बोलीले भन्नु भयो नानी अहिले सुत्ने प्रयास गर, एक्कै छिन भने पनि निदाउ मेरो छोरी ! एकछिनमा कथा सुनौली भनेको आज झैँ लाग्छ ! म बानीको जिद्धि भएकीले सुनाउँन लगाएरै छाड्थे ! बाबा मलाई एउटा कथा सुनाउनु .. ! मेरो जिद्धिको अगाडि केही लाग्दैन थियो र बाबाले जहिले पनि एका देशमा एउटा राजा थिए भनेर मात्र पुरुषको बर्णन, उनीहरूको नै धाक, धम्कि, शान बुद्धिमान र साहसी, शिकार गर्न माहिर यस्तै यस्तै, कुनै बेला वीर सिपाहीका कथाहरूको बारेमा सुनाउनु हुन्थ्यो ! घरका हजुर बुवाहरू यस्ता थिए उनीहरूलाई देखेर गाउमा वर पर निस्कदा पनि डरले सबै थुर थुर हुन्थे, केटा केटीहरू छेउ नै पर्दैनथे अनेकौ किसिमका पुरुष सार्थक कथाहरू, त्यो बेला मलाई कथा सुन्दा निकै चासो लाग्दथ्यो तर बाबालाई भन्थे जहिले पनि राजा र मात्र पुरुषको बर्णन ? किन र उनका रानीहरू चाहि हात बानेर बस्दथे, केही गर्न सक्दैनथे र ? के रानी बिना राजाले देशको शाशन एक्लै चलाउथे र ? यस्तो कथाले मलाई सधै नारीले पनि त केही गर्न सक्छन नि ! नारी बिना पुरुषले के पो गरी हल्लान र ? उनीहरूको जीवनमा कसरी नारी बिना शुखको अनुभूति होला र ? घरका कामदेखि लिएर, खेतीपाती बाग बगैचा नोकर चाकर उनीहरूका चाकडी खानपिन, सफा लुगा यस्तै यस्तै, कसले गरी दिन्थ्यो त ? भन्ने अनेकौ किसिमका भाव भित्रदेखि प्रकट हुने गर्दथ्यो तर आज आएर यसो विचार गर्दा यो समाज पुरुष प्रधान हो भन्ने भएर सायद यस्ता धेरै कथाहरू भएका हुन् कि भन्ने मलाई भान हुन् थाल्छ ! सायद म त्यति खेर बालक अवस्थाको मस्तिष्क भएर होला त्यस्तै खालका कथाहरू सुनाउदा पनि चाख मानेर सुन्ने र महिलाको अस्तित्व किन नभएको होला भनेर सोच्न बाध्य हुन्थे ! आफूले समय अलि कति पनि देख्यो कि कथा सुनाऊन, श्लोक सुनाउनु, भजन सुनाउनु भनेर दिक्क लगाउथे आफूभन्दा ठुला र आमा बालाई !

समयको परिवर्तनसँगै म पनि बढ्दै गए ! स्कुल जाने, घरमा आउने रात पर्यो कि दिनभरी थाकेको आमा, बाबालाई कथा सुनाउनु भनेर दिक्क लगाउन छाडिन मैले ! खानको भोकोभन्दा कथा, कहानीको भोको म ! जति नै ठुलो हुदै गए पनि मेरो स्वभाव भने कथा सुन्नबाट कहिले परिवर्तन भएँ न ! एक दिन आमाले यसरी सधै दिक्क लगाएको देखेर हो वा धेरै छोरा छोरीको चाकडी गर्दा थाकेर हो, झर्किदै, रिसाउदै भन्नु भयो हेर नानी त ठुली भएर कस्ती हुन्छेस, खै ! त छोरी जात पराई हुने विवाह गरेर हामीले अरुलाई सुम्पिनु पर्ने ! त्यसैले तिमीहरूले घरको काम सिक, जसले गर्दा भोलि घरमा फलानोको छोरी केही नाउने बेगरु रैछे नभनून ! मलाई पढन अति नै मन लाग्ने र ठुलो भएर केही बन्छु, कथा कहानी जीवनको, नारीको बारेमा केही लेख्छु भन्ने लागेर पढन बस्दा पनि काम धेरै गर्नु पर्ने, यता गर उता गर, भन्दै समय जान्थ्यो, तर आफूभन्दा ठुलो दाजु भाइलाई कहिले काम नगाउने पढेर अफिसर हुन्, ठुलो मान्छे बनून भनेर पढन जा, यता नाइज, बहिनीहरूले गर्छन यो काम भन्नु हुन्थ्यो ! एक दिन असाय भएर झंकिदै, फत्फताउदै आगन बढार्दै आमालाई भने मलाई यस्तो लाग्छ कि हजुरले छोराहरूलाई मात्र जन्माउनु भएकोले होकी ? उनीहरूलाई मात्र माया गर्नुहुन्छ नि ? उसो भए म त मर्ने लागेको थिए किन दुख कष्ट झेलेर बचाउनु भयो ? के छोराहरू मात्र हजुरको सन्तान हुन् र ?

अनि आमालाई यस्तो कठोर तिखो झर्किदै नमिठो बोलीले सायद हृदयमा चोट पुगेर मुटु भित्र बाण झैँ बिझाएर होला, आँखा भरि आशु, गर्दै भन्नु भयो हेर छोरी त कति फ़त्फ़ताउछेस् पछि ठुली भएर कस्ती हुन्छेस कुन्नि ? अहिले सानो छौ तिमीहरूले हामी बुढा बुढी आमा बाबालाई छाडेर पराईने हुने जात हौ, तर त्यो बेला हाम्रो साथमा यिनै छोराहरू बाहेक को नै हुनेछ र ? जसले हाम्रो रेख देख हेरचाह गर्ने र बुढेस कालमा यिनीहरूको भरमा जीवन बाच्नु पर्छ ! आज पनि मेरो मानसपटलमा यस्ता आमाले भन्नु भएको कुराहरू घरि घरि गुन्जीने गर्दछ ! किन होला हामीलाई यति छिटो आफ्नो कलेजोको टुक्रा भएर पनि टाडा ? आमा पनि छोरी भएर आफू टाढिनु परेको ब्यथा र कथाले हो कि ? …अनि मलाई लग्यो कि हाम्रा आमाहरूको पीडा मन भित्रको चाहना कहिँ इतिहास बनेर छोपिएका त छैनन ? नारी भित्रको अस्तित्व कतै पुरूस्वार्थरुपी अत्याचार भित्र सहेका त छैनन ? हो त्यस्तै भान आज आमाले भन्नु भएको हरेक शब्दमा मलाई भइरहेछ ! आमाहरूले गर्न नसकेको बलिदानको जिउदो स्वरुपलाई अब म पुरा गर्छु ! आजको यो आधुनिक युगमा पनि नारीले मात्र गर्नु पर्ने हरेक कर्तब्य र बलिदानको इतिहासलाई म यही कलमले लेख्ने र संसार भरि चिनाउने कोशिश गर्छु !

नारीलाई हेपेर, दबाएर, शोषण गरेर राख्ने प्रयास गरेको देख्दा मलाई यस्तो कुरा असह्यीय भएर आयो अनि आमा र बाबा खाना खान लाग्नु भएकै ठाउमा आफ्नो भातको थाल लिएर छेउमा गएर बसे, र भने हेर्नुस आमा, बुवा, छोराले यो गर्छ छोराले त्यो गर्छ, हामीलाई पाल्छ, मृतुबाट तार्छ यस्ता कुरा गरेर एउटा कोखबाट जन्माउनु भएको सन्तान हामी, हाम्रो मायासँग नटाढिनु, छोराको झैँ हरेक दुख शुखमा काधमा काध हाल्न आउने छौ हामी, … हेर्नु होला जुन काम छोराले गर्न सक्दैन, त्यो काम हामी छोरीले गरेर देखाउने छु, छोराभन्दा पनि धेरै माया हजुरहरू दुवैले हामी छोरीसँग महसुस गर्नु हुनेछ, म हजुरको शुख दुख, आराम बिराम पर्दाको आँखाको सहारा, हुनेछु !

आमाले मुसुक्क मुस्कुराउदै भन्नु भयो, हेर छोरी जे भए पनि छोरा संगमा हुने र छोरी टाढिएका …, जसरी म टाढिएको छु ! मलाई हेर ! के मलाई मेरो आमा बाबाको माया लाग्दैन र ? मन छ माया छ तर पनि मेरो शरीर उनीहरूसँग टाढिएको छ ! मेरो विवशता भनेको यही नै हो ! आमाले भनेको कुरा कता कति एक अर्थमा ठिकै झैँ पनि थियो तर बुवाले भने केही भन्नु भएँन मेरो प्रश्न सुनेर मौन हुनु भयो ! गम्भीर हुनु भयो ! सायद बुवालाई पछिको अवस्था कसले के जानेको छ र भन्ने लागेर पो हो कि ?

आमालाई मैले फेरि आफ्नो कुरा राख्दै भने ! जब हजुरहरूलाई कढिन अबश्था आउछ, जुन बेला हामीले हेरचाह गर्नु पर्ने हुन्छ, हजुरहरूलाई हाम्रो आश्यकता पर्छ रोगी भएको बेला सेवा गर्नु पर्ने बेलामा, दुख पर्दा खुशी दिन, हजुरहरूको हेरेक चाहना पुरा गर्न हजुरहरूको ओठमा मुस्कान दिन हामी छोरी अगाडि उभिएका हुनेछौ आमा !

यो समाज पुरुष प्रधान भएता पनि मेरो बाबाको अनुहारमा सन्तानलाई गर्नु पर्ने समान कर्तब्य बोध भएको आँखामा झाल्किरहेको थियो, आखिर आफूले खै के गर्न सके र भन्ने भए त होला नि ! हो आज आएर म यी सबै कुरा सोच्न सक्ने भएको छु ! यो संसारको इतिहास मात्र पुरुषलाई मुख्य आधार बनाएर भएको रहेछ ! उनीहरूकै पुरुसस्वार्थ कथामा अडिएको रहेछ ! खै किन हो त्यो बेलाको समाजमा महिला नै थिइन् कि ? कि मात्र महिला उनीहरूको मनोरन्जनको साधन मात्र थिए ! वा नारीलाई एउटा चित्रण प्राणीको रुपमा मात्र लिइएको थियो ? महिलालाई देवीको रुपमा मान्ने प्रथा भएको देखिन्छ, के त्यो बेला महिलाको अस्तिव त्यति मात्र हो त ? आफूले त्यो आज आफै महसुस गर्न सक्ने भएको छु ! जसरी पुरुषहरू हाम्रा बाबा, हजुरबाबा काम गर्न अफिस जादा, लाहुरे हुन् जादा, शिकार खेल्न जादा हाम्रा आमाहरूले उठाउनु परेको पीडा, सहनु परेको ब्यथाहरू कति थिए होला ! हो आजको यो संसारमा जसरी छोराहरू लाउर जान्थे, जागिर खान्थे, शिकार गर्दथे आज त्यो सबै नारीहरूले पनि गर्न सक्छन त्यति मात्र हैन आज देश हाक्न पनि अघि सर्ने नारी भए ! हो मैले बालक कालमा आफूले देखेको सपना त्यस्तै थियो म पनि दाजु भाइभन्दा कुनै कुरामा कमि हुने छैन ! मैले हरेक संधर्षका चुनौतीहरूको सामना गरे, परि आउने अवस्था समयसँग धैर्य गरे, मेरा फूल झैँ फक्रिने जवानीसँग धेरै किसिमका कष्ट, दुख, अनि संधर्ष गरे, मेरो खाऊ खाऊ लाउ लाउ भने बाबा आमाको काखमा हुदा पनि खुशी जति सबै बलि दिए, आहुति दिए मात्र आफ्ना आमाको ब्यथा र बाबाको सपना साकार पार्न नहिचकिचाई अघि बढिरहे, बढिरहे !

मैले पनि पुरुष प्रधान समाजलाई च्यालेन्ज दिएर, अघि बढेर पुरुषले गर्न सक्ने काम म स्वयं सबै गर्न सक्छु, गरेर देखाउछु भन्दै आफैसँग बाचा गरी सुन्दर सपनाको खोजीमा पाइला चालिरहे !

अब मैले आमाको त्यो छोरी भएर गरेको त्यागलाई आफूले साकार पार्न विभिन्न क्षेत्रहरूमा आफूले सहभागिता हुदै, शिकार गर्न बन्दुक चलाउन थाले, खेलकुद जस्ता अनुभवहरू पनि धेरै समेटिए, कबडी, भलिवल, ब्याडमिन्टन, टेनिस जस्ता गेमहरू खेंल्ने गर्दथे, टेलिभिजिन, सुतिंग, फिल्म सुटिंग जस्ता कलाकारितामा पनि आफूले सहभागी भएर अनुभवहरू बटुलिन पुगे ! सानो देखिनै नेपालका आर्मि, पुलिसहरूले बन्दुक बोकेर हिड्दा, आफूलाई पनि सिक्ने आत्मा सुरक्षा गर्दै आफ्नो शानलाई कसैसँग नदब्न, …आफैसँग बन्दुक भएर पनि होला शिकार खेल्न अति नै मन पराउने म, घरका पछाडि बास धारीमा धेरै ढुकुर, परेवा आउदा दिनभरि शिकार गरेर बस्थे, शिकार कै क्रममा टाडा टाडासम्म काधमा बन्दुक बोकेर जादा समय बितेको थाहा नै हुदैनथ्यो अनि आमाले कुनै बेला रिसाउदै भन्नु हुन्थ्यो छोरी भएर पनि के पुरुष झैँ शिकार खेल्दै हिडेको हो ! बाहिर कति उफ्रिएको गएर, भो खेल्न छाडेर आइज, आमाको त्यस्तो कडा बचनलाई बाबाले समाल्नु हुन्थ्यो खेल देऊन, उसलाई गर्न मन लागेको कुरा गर्न देऊ नत्र फेरि रिसले चुर हुन्छे र भात नखाई सुत्न जान्छे ! सायद बाबालाई म छोरी माथि अलि ज्यादै बिस्वास थियो ! छोटा लुगा, पुरुष झैँ पाइन्ट, ट्रयाक लगाएर हिड्दा आफन्तले कस्तो छोरी बिगारेको पनि भन्न पछि परेनन तर पनि मलाई अरुले दिएको शाशन, धाक धम्किसँग डराउने नारी परिन म, मलाई आफ्नो कर्म र कर्तब्य राम्रोसँग थाहा थियो ! हिड्ने बाटाहरूको पहिचान थियो जसले गर्दा सुगालाई पिजडामा बन्द गरे झैँ राखेको छोरी भनेर मन पर्दैन्थ्यो ! जति नै आमा रिसाउनु हुन्थ्यो उति बढी मलाई झन् इखले गरेर देखाउन मन लाग्दथ्यो ! एक दिन आमाले भन्नु भयो नानी त छोरीलाई यस्तो गर्दै हिडेको सुहाउदैन, हेर !

आमाको कुरामा म सहमति थिइन किन कि मलाई पनि लाग्थ्यो कि म छोराले गरेर देखाउने काम गर्न सक्छु ! मैले बिस्तारै आफ्नो स्कुलको १० कक्षामा पुग्दा, रातभरि सबै सुतेपछि सानो टुकी बालेर अध्ययन गर्दथे ! साना तिना कविताहरू लेखेर साहित्य गोष्टि भएको ठाउमा भाग लिन्थे ! कहिले सानो तिनो पुरस्कार, उपहार लिएर घर पनि आउथे ! सानो भए पनि आफ्नो खुट्टामा उभिर पढ्ने, जागिर खाने मनले मैले धेरै ठाउमा अफिसका ठुला पधादिकारीसँग कुरा राख्दा, तिमी ड्रोंइन् सिक, टाइप गर्न सिक हामीले काम लगाई दिन्छुभन्दा अलि कति भए पनि मलाई हिम्मत आयो अनि मैले बुझे पुरुषहरूले जागिरको लागि मात्र पढेर होइन केही कुरा सिक्नु पर्ने पनि रैछ, त्यस पछि एकाएक अफिसमा अपरचुनौती पाए !

अन्तरकार्यलय ब्याडमिन्टन प्रतियोगितामा सहभागी भएर बिजय प्राप्त गर्न सके जागिर दिने रे ! अनि म त्यो कार्यलयबाट भाग लिन पाउदा बिजय हुन् आफ्नो जिउ ज्यान लगाएर प्रतिष्पर्धा ब्याडमिन्टन प्रतियोगितामा सफल प्राप्त गरे ! धन्यवाद थियो इश्वरलाई त्यहा जागिर खान पनि सफल भए ! आफ्नो खुट्टामा उभिदाको त्यो पल म खुशीले रोए पनि, पहिलो मैनाको तलब मेरो आमालाई दिए, त्यस पछि पाउने तलबले अलि कता आफूलाई सिक्न मन लागेको ड्रोइंग गर्न, टाइप गर्न सबै सिक्नुको साथै अध्ययनमा निन्तरता दिदै आमाको कोखबाट जन्मेका छ जना दाजु भाइ, दिदी बहिनी कि म कान्छी छोरी छ जना सन्तान भएको बाबु, आमाको काधलाई हलुको गर्न मैले पनि सहयोगी हात बढाउँ लागे !

आमा छक्क पर्दै भन्नु हुन्थ्यो हैन यसले त अहिलेदेखि नै छोराले गर्नु पर्ने काम पो गर्न थाली … ! त्यो बेला मेरा दाजु भाइ मात्र अध्ययन गर्दथे ! आखिर छोराले गर्ने जिम्मेबारी झैँ केही मात्रामा बाबाको काध हाल्न सफल भए ! बाबालाई पनि घर परिवार चलाउन सानो जागिर हुदा केही हलुको भएको भान मैले महसुस गरे ! यस यल सी पास गरेर आफ्नै खुट्टामा अब निर्धक्क भएर उभिन थाले ! म मेरो लागि र दिदी बहिनी, तथा दाजु भाइको सहयोगी पनि भए, मलाई लेख, रचना, मुक्तक, किम्द्न्ति कथा, कविताहरू लेख्ने कतै कुनै घटना घटेको अवस्थामा त्यो ठाउमा पुगेर पत्रपत्रिकामा लेखेर छपाउने जस्ता कार्य गर्दै, गीत, निर्त्य मन पर्ने, विभिन्न साहित्य गोष्टिमा सहभागी हुने गर्दा मैले अँझै जीवनको अमूल्य अनुभूतिहरू समेट्न पाए !

एक दिन पत्रकारको तालिमका लागि मुरारी रेग्मी सरले दिनु हुने तालिममा सहभागी हुने मौका पाए, र केही समयसम्म पत्रपत्रिकामा लेखेर छपाउने पनि काम गरे, यस्तो छोरी भएर पनि स्वतन्त्र हिडेको मेरो माइलो दादालाई कहिले मन परेंन ! सधै घरमा आए पछि कुटुला झैँ, रिसले झाम्टिदै आउनु हुन्थ्यो ! बिहानदेखि हिडेकी जवान बहिनी बेलुका घर फर्कदा कुन दाजुहरूलाई मन पर्ला र ? त्यै पनि आखिर पुरुष प्रधान समाज भएर होला ? नारीको स्वतन्त्रता सहन गाह्रै हुन्छ ! बिस्तारै, पाटी, सँधसंस्था, इत्यादि सबैतिर मेरो सहभागिताले मैले कामका अवसरहरू धेरै पाए, धेरै तालिमहरू प्राप्त गरे, बिदेशिहरूसँग गाउ गाउमा गएर बुभिन्न किसिमका तालिमहरू सिकाउने काम गरे ! बिभिन्न घरेलु उधोगका तालिमहरू, बाल शिक्षा, प्रोढ़ शिक्षा, फ्याम्ली प्लानिग शिक्षा जस्ता अनेकै तालिमहरू गाउमा गएर सिकाउदा आफूलाई पनि मनमा आन्नदको अनुभूति प्राप्त हुन्थ्यो ! आध्यात्मिक संसार तथा आफूभन्दा मान्य, जो यो संसारलाई छाडेर गइसके जसको रगतको सम्बन्धले हाम्रो मानव जन्म सिद्ध भयो, यस्ता अभिभावक प्रति आभार हुदै आफूलाई पनि जति नै दुखको सामना गर्नु पर्दा पनि किचड काइ लागेको तलाउमा फुल्ने कमलको फूल भएर फुने प्रयासमा निरन्तर लागिरहे !

सेवा नै धर्म हो त्यस्तो अरुको जीवनका लागि दुई थोपा रगतका दानहरू गरे जसबाट मैले छोरी भएर जन्म लिदा पनि सधै सन्तुष्ट प्राप्त गरे ! विभिन्न क्षेत्रहरूमा यस्तो कार्यहरूले जाने अबशर प्राप्त गर्दा धेरै ठाउहरूको निरिक्षण, गर्दै जापान, थाइल्याण्ड, फिलिपिन्स, इसरायल जस्ता अन्तर्राष्ट्रिय देशहरू हेर्ने मौका पाए । के यो सबै पुरुषले गर्नेभन्दा कम थिए, त ? हो आज तिनै आमाहरूको बलिदान, उनीहरूले गरेका त्यागको कथालाई इतिहास बनाएर सिता, सत्य, सावित्रीको कथा चिनिए झैँ चिनाउन म तल्लिन छु सबै नारीको कथा ब्यथालाई समेटेर !

निशा खनाल अर्याल
हाल:इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *