मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आत्मालापजस्ता कथा (कालिजको सिकार कथासंग्रह)
ks — Sun, 07/07/2013 - 19:07
“यसैले आज मलाई तिमीले खुसी गरायौ भने निश्चय नै तिम्री आमा खुसी हुनेछिन् । बाबु मलाई खुसी गराऊ । तिम्रो शरणमा आएँ भन्दै पहिले कसिलो अंगालोमा बाधिन् मलाई र वात्यल्यपूर्ण तरिकाले चुम्बन गर्दै मेरा अंगप्रत्यइगमा सुमसुम्याउन थालिन । तर, बिडम्बना निमेषभरमै त्यो वात्सल्यमय ममता परिवर्तन भई वासनामय बनिसकेको पनि मलाई ख्यालै भएन । उनले अत्यन्त शीघ्र यति कामकुशलताको सिप प्रयोग गरिन् कि, त्यसबेला मैले क्षणभरमै उनलाई ममतामयी माताको दर्जाबाट तुरुन्त हटाई कामकुशलताले निपुण सुन्दरीका रुपमा उपभोग गर्न विवश भए ।”
सहित्यको मुलधारमा झुल्किएका कथाकार जयबहादुर घिमिरेको कालिजको सिकारभित्र उनीएको कथा “आमाको श्राद्ध”को अंश हो यो । पितृहरू जिउँदा रहुँन्जेल “सन्चो बिसन्चो”सम्म सोध्न नभ्याउने समाजमा आज पनि मरेपछि पिण्डादान श्राद्ध गर्ने प्रबृतिलाई कथामा भरमार व्यंग्य गरिएको छ । आत्मपरक शैलीमा लेखिएको कथामा कथाकारले मरेपछि पुण्य कमाउने हिन्दु संस्कृतिमाथि नै प्रश्न तेस्र्याएका छन् । कल्पनाको उडानमाभन्दा कथाकारले गरुण पुराण, श्रीमद्भागवत्का छद्म तर्कहरूलाई सप्रमाण पेश गरेर प्रश्न तेस्र्याउन खोजेका छन् ।
उनको शिल्प, शैली र भाषागत विच्छन्नतालाई एकछिनका लागि पर राख्ने हो भने कथाकारको कथाकारिता कुनै मूलधारका स्वघोषित वरिष्ठ साहित्यकारकोभन्दा कम्ति छैन । १० वटा कथाको सग्रह कालिजको सिकारले नेपाली समाजको एकसरो झझल्को दिन्छ । शीर्षक कथामा ग्रामिण नेपाली समाजमा जरो गाडेर बसेको साहु महाजन सस्कारले कसरी विद्रोहको बीउ रोपिरहेको छ भन्ने दृष्टान्त पेश गरेको छ । कथाकारिताका हिसाबले कालिजको सिकारभित्रका कथा कथाभन्दा आत्मलाप अलि बढी देखिन्छन् । संग्रहका हिसावले कथाकार नवप्रवेशी देखिए पनि विषयवस्तुका हिसाबले घिमिरे वर्तमान युगका कथाकार हुन् भन्ने प्रमाण “विर्यदान” कथाले दिन्छ । विषय, परिवेश र मुद्दाका हिसावले यो निकै खारिएको छ ।
कथाकारको कलम समाजका अन्याय विद्रोह भ्रष्टाचार लोभीपापी, चरित्र, यौन कुण्ठा, यौन उद्वेग मात्रै लेख्न समर्थ छैन राष्ट्रिय स्वाधिनताका लागि मुलुकलाई राज्यले कसरी न्याय गर्नुपर्थ्यो भन्ने भावना ओकल्नसमेत समर्थ छ । सोनाम डोल्मको देशभक्ति कथामार्फत कथाकारले डोल्पाली जीवनको झझल्को दिने प्रयत्न गरेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी त परै जाओस, नूनसम्म नपाएको पीडा पात्रमार्फत ओकल्दै उनले यसभन्दा त पराधीन .... भन्दै सरकारप्रति गहिरो आवेग पोखेका छन् ।
समग्रमा उनका कथा पठनीय हुँदाहुदै पनि कतिपय ठाउमा कथा शैली प्रयोग गरिदिनाले कथाले रफतार लिन नसकेको अनुभूति हुन्छ । कहीकतै आञ्चलिकताको झझल्को दिनुलाई कथाकार घिमिरेको मौलिकताका रुपमा स्वीकार्न सकिन्छ । त्यसैले पनि कालिजको सिकारभित्र समाविष्ट अन्य केही कथा पनि पठनीय छन् । यद्यपि कथाका कतिपय अंश पढिरहँदा लेख, निवन्ध, आत्मलाप पो पढिरहेको छु कि भन्ने भान वेलावेलामा हुने गर्छ ।
प्रकाशक– मणिकुमार गुरुङ, खा.न.पा. –६, माल्टा, हाल युके
विधा : कथा संग्रह कलिजको सिकार
लेखक : जयबहादुर घिमिरे
शिवराज योगी
साभार : नेपाल साप्ताहिक श्रावण ८, २०६९
कान्तिपुर पब्लिकेशन
- 1124 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 3 hours ago - आभार
2 days 23 hours ago - बहुत खुब कहिल्छि ।
5 days 22 hours ago - आभार प्रकट गरे
1 week 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 23 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- म पानी हुँ
- महलकी रानी
- प्रेम पाप होइन
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- शुरुशुरुमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- भुइँमान्छेका छायाँहरू
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- मैले कविता लेख्नै बिर्सेँ
Last viewed:
- उकाली ओरालीहरुमा
- समसामयिक जीवनको द्योतक : ‘जीवनदान’ लघुकथा सङ्ग्रह
- आँखाहरुले रुन नखोजे
- विकल्पहीन
- नाग नागिनीको कथा
- महाकविका निबन्धहरूको सँगालो
- स्वचालित देश
- एउटा खुल्ला किताब हूँ म
- कहाँ खोजु तिमीलाई ?
- यहाँ
- कैले होला छुने
- गरुडपूराणले अर्थ्याएको जीवनचक्र
- २०७५ देऊसी भैलो
- आजभोलि मन मेरो
- 'ओबोन् नो ही' अर्थात - सोरह श्राद्ध
- कति सम्झ्यौ कति बिर्स्यौ
- गहिराइमा डुब्दै नडुब
- ब्रहृमनालबाट प्रत्यक्ष प्रसारण
- तिम्रो झुटो प्रेमले
- सहयोगको बिजोग
- काली
- नियति भो दुख कष्ट
- म रोए पनि तिमी हाँसिदिनु
- गजल
- दुई ताङ्का
- तस्वीर
- आधा भए म रित्तो भए
- यथार्थ
- नेपाल मण्डलमा हनुमान
- लौन अब जाग्नु पर्छ
Post new comment