Skip to content

किन रहेछ मायालु तर्किएको थाह पाएँ


मायाको बजारभाउ चर्किएको थाह पाएँ
किन रहेछ मायालु तर्किएको थाह पाएँ

पिरतीको बगैँचामा भरोसाको फल थियो
तर हाँगा अर्कैतिर लर्किएको थाह पाएँ

बिकाउमा थिएन मेरो चोखो मायाप्रीति
जता धन उतै मन फर्किएको थाह पाएँ

जिन्दगीको धुरी अब केले अड्याउने होला
सहाराको खाँबो आफैं मर्किएको थाह पाएँ

आफूखुशी पग्लिएछन गगनचुम्बी दिवास्वप्न
नयनका आकाशबाट दर्किएको थाह पाएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *