Skip to content

एक्लै तिम्लाई छोडी म,परदेस किन हिन्थे आमा

संसार का सारा खुसि तिमीलाई नै दिन्थे आमा
मिल्नेभए दुःख कस्ट,जातो बनि पिन्थे आमा

तिम्रो हातको गुन्द्रुक ढिडो दुइगास खान पाको भए
एक्लै तिम्लाई छोडी म,परदेस किन हिन्थे आमा

आँसुलाई लुकाएर बाच्न त मैले जाने तर
तिम्रो ओठमा हासो देखे,स्वर्ग पनि चिन्थे आमा

मलाइ हाँस्न लगाएर सँधै तिमीले आँशु पियौ
अहिले भए तिम्रो दुख सबै म नै लिन्थे आमा

निजाम आनाह
तनहुँ बाँके पसल
हाल साउदी अरब जुबेल जंगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *