Skip to content

क्याम्पस पढ्ने छोरो

  • by


छोरो क्याम्पस गाको छ
मुन्द्रे फेसन लाको छ
घरमा बस्दा एलर्जी
डिस्को, साइवर धाको छ

क्यान्टीनमा खाको छ
हिन्दी गाना गाको छ
मोवाइल छँदैछ
माया कति लाको छ !

सबैलाई दाको छ
आजकाल खै ! के भाको छ ?
घरमा सिन्को भाँच्दैन
उसकै ठूलो डाको छ

सधैँ मिठो खाको छ
फेसन फेर्दै लाको छ
खान अनि लाउँनमा
ठूलै मुख बाको छ

छिमेकीको हाँसो छ
अभावको पासो छ
बाबु, आमा बिचरा
भविष्यको चासो छ !

–रामविक्रम थापा
फाक्टाङ–२, कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *