Skip to content


नेपालमा विभिन्न भाषाभाषी जातजातिहरूको बसोबास रहेको छ । जातजातिहरू कला र संस्कृतिका धनी छन् । नेपाललाई कला र संस्कृतिमा धनी देश भनेर चिनिन्छ । नेपालको कला र संस्कृति, सांस्कृतिक गतिविधि, सांस्कृतिक सम्पदाहरू विदेशमा समेत परिचित छन् तर अहिले नेपालका परम्परागत मौलिक कला र संस्कृतिहरू लोप हुने त होइन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ ।

नेपालको कला र संस्कृति अनि सांस्कृतिक गतिविधिमा विदेशी संस्कृति हावी हुँदै गइरहेको छ । आधुनिकताको नाममा युवा पीढीहरू आˆनो लोक संस्कृतिको ठाउँमा पश्चिमा संस्कृतिलाई अन्धानुसरण गरिरहेका छन् । विदेशी संस्कृतिप्रति आकषिर्त भइरहेका छन् । आजका युवा पुस्ता आˆनो लोक संस्कृतिमाभन्दा पनि विदेशी संस्कृतिमा रमाइरहेका छन् । हाम्रा आˆनो परम्परागत मौलिक बाजाहरू विभिन्न लोकनाचहरूप्रति अनभिज्ञ छन् । मौलिक परम्परागत बाजाहरू- धिमेबाजा, नाय्खिं, पोङ्गा, मुर्चुङ्गा, नौमति बाजा, सनाहाँ, मादल, च्याङब्रुङ आदि बाजाहरूको बारेमा धेरैजसोलाई थाहा छ । त्यसको ठाउँमा ड्रमसेट, गितार, कि-बोर्ड, पियानो आदि विदेशी बाजाहरूप्रति आकषिर्क भइरहेका छन् । त्यसैगरी नेपालमा पाइने विभिन्न आदिबासी जनजातिहरूको विभिन्न लोक नाचहरू धिमे नाच शेर्पा, मारुनी नाच, तामाङसेलो नृत्य, सन्याल सोरठी नाच जस्ता मौलिक नाचहरूको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसको ठाउँमा विदेशी डान्स, डिस्को डान्स, हिप्प, र्‍यप डान्स, साल्सा डान्स आदि नृत्यमा आजका युवापुस्ता आकर्शित छ ।

नेपालका कला र संस्कृतिमा विदेशी संस्कृतिको प्रभावले गर्दा आजका धेरैजसो युवाहरूलाई हाम्रो आˆनो लोक संस्कृतिका बारेमा कम मात्रलाई जानकारी छ । हाम्रो आˆनो मौलिक संस्कृतिको ह्रास हुँदै जाने हो र यसको ठाउँमा विदेशी संस्कृति अङ्गाल्ने हो भने हाम्रो आˆनो लोक संस्कृति इतिहासमा मात्र सीमित नहोला भन्न सकिँदैन । यसबारे आजका युवा पिढीलाई सचेत गर्नु जरुरी छ ।

देशमा विद्यमान कला र संस्कृतिलाई विकास संरक्षण र सम्वर्द्धन गर्ने जिम्मा लिएर बसेका सरकारीस्तरका नेपाल प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थान, संस्कृति मन्त्रालयले नेपालका आदिवासी जनजातिहरूका कला र संस्कृतिको उत्थान र संरक्षण गर्नका लागि कुनै काम गरेको पाइँदैन । नेपालमा विद्यमान कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएका यी दुई सरकारीस्तरका प्रतिष्ठानहरूले आ-आˆनो उद्देश्य अनुसारका कामहरू गरेका छैनन् । नेपाल प्रज्ञाप्रतिष्ठान र सांस्कृति संस्थानका सांस्कृतिक गतिविधि प्रायः शून्य छ । यहाँका कलाकार र कर्मचारीहरू आ-आˆना तलब थाप्ने काममा मात्र सीमित भइरहेका छन् ।

देशमा विद्यमान कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य भनी निजीस्तरबाट पनि विभिन्न ठाउँमा कला प्रतिष्ठानहरू सञ्चालन भइरहेका छन् यस्ता सङ्घ संस्थाहरू उपत्यकामा मात्र नभई मोफसलका विभिन्न स्थानहरूमा समेत सञ्चालन भइरहेका छन् । यस्ता निजीक्षेत्रबाट सञ्चालन भइरहेका कतिपय कला प्रतिष्ठानहरूले नेपालका आदिवासी जनजातिहरूका लोक नृत्यहरू लोकगीतहरूको संरक्षण गर्ने गरिरहेका छन् भने कतिपय यस्ता सङ्घ संस्थाहरू भने आˆनो स्वार्थपूर्ति गर्ने र पैसा कमाउनमा नै सीमित भइरहेको पाइन्छ ।

आज हामी २१ औँ शताब्दिमा छौँ । तीव्रगतिमा भइरहेको सूचना प्रविधिको विकासले विश्वमा नै विभिन्न परिवर्तन भएका छन् । विश्वमा आएको परिवर्तनको प्रभाव नेपालमा पर्नु स्वाभाविक हो । विश्वमा आएको विभिन्न परिवर्तनहरूसँगै नेपालका युवा पुस्तामा पनि परिवर्तन आउन सक्छ । यसले गर्दा पनि नेपाली युवा पुस्ताहरू विदेशी संस्कृतिप्रति आकषिर्त भइरहेका छन् । खासगरी विद्युतीय सञ्चार माध्यमको रूपमा लोकपि्रय भइरहेका विभिन्न स्वदेशी तथा विदेशी टेलिभिजन च्यानलहरूबाट प्रशासरण हुने विदेशी गीत सङ्गीत म्युजिक भिडियोहरू विभिन्न चलचित्र तथा टेलिचलचित्रबाट प्रसारण हुने र विभिन्न टेलि कार्यक्रमहरूबाट नक्कल गर्ने गर्नाले पनि आजका युवाहरू विदेशी संस्कृतिप्रति रमाइरहेका छन् । आधुनिकताको नाममा आँखा चिम्ली विदेशी संस्कृतिको नक्कल गर्नाले हाम्रो समाजमा नराम्रो विकृति देखा पर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *