…एक मासके अन्दरमा घर आउँछु….
यही भाषा फोनमा सुन्न पाइयो ।
छोराले नेपाली बोल्न बिर्सेछ ।
१५ बर्षभन्दा बढी समय बेपत्ता भएको छोराको आवाज सुन्न पाउँदा ८५ वर्ष पार भएको म पिताजीका आँखा रसाए ।
पक्कै मर्यो होला भन्ठानेको थिएँ ।
काजक्रिया मात्र गरेको थिइन ।
अझ्र, त्यसको मुहार हेरेर मर्न पाए हुन्थ्यो भन्ने हुँदाहँदै फेरि फोन आयो… बाबुजी ! मेरो चिन्ता मत गर्नुस् । चाँडै आइजान्छु ।
मन ढुक्क भयो । धेरै वर्षदेखि खिन्न भएको मनमा फेरि रातो गुलाफ मुस्कुराउन थाल्यो ।
उत्तिखेर चकचके त्यसको व्यवहारबाट वाक्क भएर भेटेको छोरो भनेर हकार्थेँ ! यत्तिखेर भने साँच्चिकै भेटेको छोरो भइदिँदा आनन्दले पुलकित भएको छु ।
.. नन्दलाल आचार्य
[email protected]