Skip to content

बिन्ती नेता ज्यू ,

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
सगर छुन लागिसक्यौ अलिकति झरिदेऊ न एकफेर ।

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
हाम्रो ठाउँ सबै ओगट्यौ अलिकति सरिदेऊ न एकफेर ।

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
देशलाई पुरै रित्याइसक्यौ अलिकति भरिदेऊ न एकफेर ।

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
संकष्टको नदि देशकै लागि तरिदेऊ न एकफेर ।

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
आफ्नो लागि धेरै मर्‍यौ देशको लागि मरिदेऊ न एकफेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *