Skip to content

माया त खिया लागेको खुकुरी पो भएछ


माया त खिया लागेको खुकुरी पो भएछ
मुटु भने झुण्ड्याएको सुकुटी भएछ

नसोध अचानोसँगको भेट कस्तो हुन्छ
रहरहरू सिर्फ दापमा कैद भएछ

बिर्सिएछ जोशिएर ठोक्किनु कस्तो हुन्छ
उमङ्ग त लड्या लडै अशक्त पो भएछ

आँखा वरिपरी अन्धकार बादल घुम्छ
आशा त दिनानुदिन निसासिंदै गएछ

मक्किएर दापपनि एकदिन त झर्छ
खियाले त खुकुरीनै छिया छिया भएछ

http://merasabdaharu.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *