Skip to content

मुसाको हुकुमतमा कुकुर,बिरालो लडाईंयो !!

मुसाको हुकुमतमा कुकुर,बिरालो लडाईंयो !!
बुझ बुद्धको देशमा आगो यसरी लगाईयो !!

दाईले तरबार उठाउदा भाईको शिर उड्यो ,
आमा अघी लाखौं छोराको बली चढाईयो !!

बीरका छोरा सबै देशको लागि मरिमेट्त्ने ,,
कोही शहिद् भए कसैलाई सडकमै सडाईयो!

काख रित्तियो आमाको ऋणी भयो माटो ,,
बलिदानको स्वतन्त्रतालाई डाडो कटाईयो !!

उत्तर दक्षिण छिमेकिले आगोमा घ्यु थपे ,
शान्ती सगै बुद्द बुदत्व पनि उतै पठाईयो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *