Skip to content

जताततै तिम्रै चर्चा


जताततै तिम्रै चर्चा, सुनेर पो टाढा भए
स्वार्थरुपी तिम्रा गुन, गुनेर पो टाढा भए

धनिमानी मान्छेलाई, रोज्ने तिम्रो निधो हुदाँ
सिसा जस्तै फुट्ने सपना, बुनेर पो टाढा भए

भुईको धुलो जस्तै भए, के भनेर शिरमा राख्नु
आकाश कै जुनलाई मैले, चुनेर पो टाढा भए

आडम्बरी बाचा गरी, स्वार्थी भई छोडी गयौ
अश्रुधारा नयन डिलका, थुनेर पो टाढा भए ।

धु्रब बिष्ट (अतित)
पाटन ०२ बैतडी
हाल : रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा
कार्यक्रम सञ्चालक

Leave a Reply

Your email address will not be published. Required fields are marked *