Skip to content

मेरो हैन


तिम्रो आँखामा झल्केको रंग
त्यो मेरो हैन
मुहारमा तिम्रो चमक
मेरो मायाले हैन …
छल्केको तिम्रो योवनका तरंग
मैले गर्दा हैन …

तिम्रो रुपको ब्याख्या गर्न
सायद मैले भुलिसके
तिमी हास्दासँगै मुस्कुराउन
मैले अब छोडिदिए
दङ्ग छौ आफनै दुनिया मा …
किनकि, खुशी त्यो अब … मेरो हैन

घरिघरिको तिम्रो रिस
नदेखेको नि धेरै भो
तिम्रो ओठले मेरो नाम
नलिएको पनि सायद धेरै भो

जे जे भयो ठिकै भयो
येसरी खेलिने खेल माया को
सब तिम्रै हो … मेरो हैन
मेरो हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *