• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

एक सीमाहीन प्रेमाख्यान

editor — Sat, 08/10/2013 - 21:21

  • पुस्तक/कृति समीक्षा
  • रमण घिमिरे
  • कान्तिपुर कोसेली

श्रावण २५, २०७० -
डा. ध्रुवचन्द्र गौतम नेपाली आख्यानमा सिद्धहस्त नाम हो । कथामा होस् या उपन्यासमा विशेषतः प्रयोगको शैली स्थापित गर्ने उनी एक अग्रणी कलमजीवी हुन् । पहिलो उपन्यास 'अन्त्यपछि' नै एउटा नौलो प्रयोग थियो । त्यसपछिका चर्चित 'डापी'देखि समीक्ष्य उपन्यास 'एक पुनर्निर्मित प्रेमाख्यान'सम्म आइपुग्दा उनले आफ्ना उपन्यासहरूमा फरक फरक विषय र भावभूमिमा धेरै प्रकारका प्रयोगहरू गरेका छन् ।

कहिलेकाहीँ हामी कनीकुथी लेख्न प्रयत्नरत व्यक्तिलाई पनि लाग्छ- गौतमले वर्ष नबिराई कसरी उपन्यास लेख्न सकेका होलान् । तर हामीले आश्चर्य मानेर के हुन्छ र ? उनी हरेक वर्ष नेपाली आख्यान क्षेत्रलाई गर्भिणी पार्छन् र नवजात स्वस्थ उपन्यास-शिशु जन्माउँछन् । त्यसैले उनलाई आख्यान-पुरुषको संज्ञा नै दिइएको छ ।

प्रयोग तर सरल भाषामा, उनको विशेषता हो । प्रायः हरेक लेखकले आफूले भोगेका, अनुभव गरेका र सुनेका विषयमै कमल चलाउने हुन् । यसैमा आख्यानको खाका बुनिने पनि हो । धेरैजसो औपन्यासिक कृतिहरूमा पूर्ण यथार्थ नभए पनि पात्र र घटना प्रायः वास्तविक हुन्छन् । यस्तोमा कृतिलाई आकर्षक बनाउन र आकार बढाउन कल्पनात्मक सिँगारपटार गरिन्छ । उनले यही सिद्धान्तमा 'डापी' र 'अलिखित'जस्ता उपन्यासलाई सिँगारेका छन् । यी दुई कृतिका बीचमा जन्मेका हरेक उपन्यास र कथाहरूमा पनि उनले नौलो प्रयोग नै गरेका छन् । अझ 'अलिखित' त नेपाली उपन्यास विधामै प्रयोगको एउटा बेजोड नमुना नै सिद्ध भएको छ । ध्रुवचन्द्र गौतमको स्वभाव के हो भने उनी मुख र कलमले कसैलाई बिझाउँदैनन् । कसैको संस्मरण लेख्नुपर्‍यो भने पनि उनी त्यस व्यक्तिको गुण-बखान मात्र गर्छन्, कमजोरी या आलोचनात्मक पक्षलाई छुँदै छुँदैनन् । त्यसैले उनलाई भद्र लेखकका रूपमा पनि स्विकारिन्छ । तर उनका मनमा पनि लाग्दो हो, यस्ता कुरालाई लिपिबद्ध गरिनुपर्छ । त्यसैले उनले प्रयोगको अर्को पाटो समाते । समाते पनि के भन्नु, उनले नयाँ पाटो उद्घाटित गरे- अनुभवन्यासमार्फत । आफूले प्रत्यक्ष भोगेका घटना र पात्रहरूलाई उनले अनुभवन्यासमा ठ्याक्कै उतारेका छन् । 'बाढी' र 'घुर्मी' यस प्रयोगधारामा जन्मेका अनुपम उपन्यास हुन् ।

उनको पछिल्लो उपन्यास 'एक पुनर्निर्मित प्रेमाख्यान' त नितान्त प्रयोग हो । यो सिङ्गो उपन्यासभरि उनले झन्डै ९० प्रतिशत भाग संवादमा लेखेका छन् । पचास वर्षअघिका घटना र परिवेशलाई यसमा उतारेका छन् । उनले यसलाई अनुभवन्यास नभने पनि यो अनुभवन्यासको निकट छजस्तो लाग्छ । सायद अनुभवन्यासभन्दा अप्ठ्यारो पर्ला कि भन्ने सोचेर होला लेखकले यसलाई उपन्यास मात्र भनेका हुन् । यसमा पुरुष पात्रका कतिपय स्वभाव र आनीबानी उपन्यासकारसँग ठ्याक्कै मेल खान्छन् । लेखकले आफ्नो यस पक्षलाई लुकाउने पटक्कै प्रयत्न गरेका छैनन् ।

त्यसो त यसमा वणिर्त नायिका शतायु पनि सक्कली लाग्छे । यसको आधार के हो भने उनको पहिलो अनुभवन्यास 'बाढी'मा उनले जुन 'श'को उल्लेख गरेका छन्, त्यही 'श' यस उपन्यासमा पूर्ण नामका साथ उपस्थित भएकी छ- शतायु । यसले 'घुर्मी'मा लेखकले पहिलो प्रेमिका भन्ने उल्लेख गरिएकी 'श' कतै यही 'एक पुनर्निर्मित प्रेमाख्यान'की शतायु त होइन ? आशंका र अनुमान गर्न बाध्य हुन्छ पाठक ।

संवादैसंवादमा एउटा सिङ्गो उपन्यास लेख्नु सजिलो कुरा होइन । उपन्यासमा उपन्यासकारले पात्र-पात्रा, पृष्ठभूमि, घटना आदिको वर्णन व्याख्यात्मक शैलीमा गर्छन् । जस्तो ः यस्तो भएको थियो, यस्तो गरेको थियो या गरेकी थिई या घटना यसरी घट्यो आदि । तर 'एक पुनर्निर्मित प्रेमाख्यान'मा यी सारा प्रसंगहरू संवादमा हुन्छन् । कुनै नाटक या चलचित्रको संवाद पढेजस्तो अनुभूति हुन्छ उपन्यास पढुन्जेल । यहाँ उनको नाटककारको छवि बढी प्रवल भएको देखिन्छ ।

डा.गौतमले यस उपन्यासमा संवादको कतिसम्म सटीक प्रयोग गरेका छन् भने उपन्यासकी नायिका अर्थात् लेखककी पूर्वप्रेमिकासँग लामो कालखण्डपछि भेट हुँदा गरेको रतिक्रियाको वर्णन पनि संवादमै हुन्छ । यो बढो घतलाग्दो र कामोत्जनक प्रसंग छ । र, यही प्रसङ्गमा पुगेर डा. गौतमको यो उपन्यास अलि हल्का भएको जस्तो लाग्छ । यद्यपि यो पनि प्रयोग नै हो । किनभने सम्पूर्ण उपन्यासको खाका नै संवादमा बुनिएकाले यो एउटा प्रसङ्ग मात्र किन व्याख्यात्मक शैलीमा प्रस्तुत गर्ने भन्ने लेखकलाई लाग्यो होला । कसैकसैले यसलाई यस खण्डले उत्तेजना पनि उत्पादन गर्न सक्छ र कसैकसैलाई अलि बढी नै भयो कि भन्ने अनुभूति पनि हुन सक्छ । तर सम्पूर्ण उपन्यास नै संवादशैलीमा लेखिएकाले कुर्कुरे बैँसालुहरूलाई यस खण्डमा वणिर्त संवादले निश्चय नै राम्रो खुराक प्रदान गर्न सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

विषयवस्तुका दृष्टिले अलिअलि राजनीतिको मिसावटबाहेक सम्पूर्ण उपन्यास प्रेम-प्रणयमा सीमित छ, त्यो पनि खालि दुई पात्रहरूबीचमा भएको । उमेरले यसै वर्ष ७० टेकेका लेखकले पचास वर्षअघि अर्थात् आफू २० वर्षको पट्ठो युवक हुँदाको विगतलाई उधिनेर उपन्यास लेखेका छन् । यसबाट त्यस कालखण्डका विभिन्न प्रसङ्गहरूको पनि छनक पाउन सकिन्छ । त्यसैले यसलाई डा. गौतमको नितान्त नौलो प्रयोग भन्न सकिन्छ ।

अब आउँछ उपन्यासको स्तर या गुणवत्ताको कुरा । यसमा दुईवटा कुरा हुन सक्छन् । पहिलो, प्रेम र युद्धमा सब कुरा 'जायज' हुन्छ भन्ने मान्यतालाई आधार मान्ने हो भने यो उपन्यास प्रेम-प्रसङ्गमै बुनिएकाले अतिशयोक्ति मान्नुपर्ने ठाउँ छैन । उनले प्रेममा हुने हरेक 'जायज' कुराको फाइदा उठाएका छन्, 'एक पुनर्निर्मित प्रेमाख्यान' मा । त्यसमा कामवासना पनि पर्छ । यस मान्यताको धरातलमा उभिएर भन्नुपर्दा यो उपन्यास पूर्ण 'जायज' छ । दोस्रो कुरा, यदि प्रेममा सबै कुरा जायज हुँदाहुँदै पनि प्रेमी-प्रेमिकाबीच ओछ्यानमा हुने घटनालाई सङ्केतमा मात्र वर्णन गर्नुपर्छ भन्ने मान्यतालाई स्विकार्ने हो भने त्यो एउटा प्रसङ्ग अलि बढी नै भएको भान पर्छ । तर, यो निर्णय गर्ने अधिकार त उपन्यासकारको हो । प्रेममा प्रेमी-प्रेमिकाले झैँ लेखनमा पनि त लेखकले सबै कुराको छुट त पाउँछ नै । डा. गैतमले 'एक पुनर्निर्मित प्रेमाख्यान' मा यही छुटको प्रयोग गर्दै प्रेमका सबै सीमाहरू भत्काएका छन् । कुरा यति हो ।

कान्तिपुर कोसेली
प्रकाशित मिति: २०७० श्रावण २६ १०:३८

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 150
  • 510 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    2 days 15 hours ago
  • आभार
    3 days 11 hours ago
  • बहुत खुब कहिल्छि ।
    6 days 10 hours ago
  • आभार प्रकट गरे
    1 week 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 2 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 2 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 2 days ago
  • एकदम सान्दर्भिक
    1 week 2 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • समयकाे धुन
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • विद्यार्थी हुँ म
  • यसै गरी मिलोस तिम्रो माया
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • मिथिलाक किसान
  • हाम्रो बारेमा
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • कोरोना भाइरस
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जुनेली रात
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • महलकी रानी
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • अनुरागक डोर (गजल)
  • काली
  • प्रेम पाप होइन
  • कुकुर

Last viewed:

  • जोवन अधुरो प्रीत गीत रहेछ
  • आफ्ना मान्छे
  • ईश्वर बरालसँगका क्षणहरू
  • उडायो सपना सबै हुरीले
  • ‘थेमस्को किनारमा कोशीको सम्झना’ का कविताहरुको मूल्य र मर्म
  • तिम्रो सम्झना
  • हाम्रो सानो स्कुल
  • नित भोर मैया (मैथिली कविता)
  • नाङ्गो
  • सुनौला ५० वर्ष
  • जस्को पनि जिन्दगी
  • बुबाको सम्झनामा
  • भोजपुरीया चुटकुला
  • मनमा छ खहरे, पानी छैन
  • टेकेका पैतलाहरू
  • नयाँ बिहानी
  • मेरी प्रियसि
  • अहिलेसम्म नलेखिएको कविता
  • जोडी ढुकुर देख्दा पनि
  • कोरो आ पाढि
  • एउटी नाबालिकाको सङ्कल्प : म परदेश जान्न आमा !
  • दशैं (कविता)
  • यदि कलम काटियो भने
  • तिमीबिनाको जीवन सोच्न पनि म सक्तिन
  • आज हाम्रो कर्तव्य !
  • योजना
  • जाइतक टुकरी
  • अवतार - ६
  • जसोतसो जिन्दगी यो
  • भाइटिका नचुन भो चेली
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित