Skip to content


मेरो व्यथा ! भट्टीमा पोलिरहेको ढुङ्गासरी
दन्किरहेछ- भित्रमित्रै
मेरो कोठा मौन ! निष्पट अँध्यारो
खोज्नुपर्छ भित्ताहरु- छामछुम गर्दै,
मेरो कथा ! सावनको भेल जस्तै
बग्दैछ- भावनाका तरङ्गहरु
तँछाड मछाड गर्दै,
कथा बन्ने प्रयासमा
मेरो प्रियषी बनिदिएछ – निष्ठूरी
अपत्यारिलो प्रेममा अल्झिएर लड्दा
हृदयभरी चोटै चोट लागेछ,
निंदको प्रयासमा प्याला भरी
जहर पिईदिएछु
केवल निंदको लागि……..।

२०४७ भदौ २५ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *