Skip to content

तिम्रो लागि मेरो माँया सस्तो भयो

तिम्रो लागि मेरो माँया आज अति सस्तो भयो
तिमी संगको मिलन हारजितको खेल रह्यो
धनको अगाडी मेरो ह्दयको माँया रितो देखियो
आत्मिक प्रेम भन्दा पनि धनको प्रेम महगो भेटियो

फालिएको कौडी भन्दा पनि आउछ रे काममा
सुर्य पनि मलिन हुन्छ क्यारे हरेक साझमा
निकम्मा देखियो होला म तिम्रो लोभी आँखामा
डुब्यौ जव तिमी लालच र पदको मोहमा

बजारको दर भाउ झै मलाई दामाशाही गरिरहयौ
प्रेमको नाम दिई कुल, पद र प्रतिष्ठालाई तौलिरहयौ
आफुलाई सुन र मलाई नुनको संज्ञा दिईरहयौ
बजारमा सस्तिएर किनेको माया जस्तै पाखा लगाई रहयौ

मलाई तिम्रो नजरमा सस्तीएको नुन जस्तै देख्यौ
सक्दो स्वार्थ पुरा गरि जीवनवाट अलग बनायौ
बाचा कसमको बन्धनलाई घृणाको धारले काटेर गयौ
दोवाटोमा एकलै छाडी हासी हासी अरुको अंगालो भयौ

म त्यति कमजोर होईन जति तिमी मलाई ठान्दछौ
तिमी विना जिवनको रथ पनि तान्न सक्दछु
तिम्रो विरही प्रेम कथालाई साक्षी राखेर पनि
सास्तो मायाको परिचय दिन सक्दछु

म तिमी जस्तो स्वार्थको लागि अरुलाई तुच्छ गन्दिन
यौवनको मायामा मात्र संसार अडेको छ भनि भन्दिन
तिम्रो मायालाई संसारको सवथोक भनेर मैले ठान्दिन
दिनहु लुगा फेरे झै प्रेम र प्रेमीलाई मैले फेरदिन्न

पहिलो अनुभवबाटै प्रेममा इश्वरको रुप देखेको छु
चोट संग चेतनाको सृजनात्मक अंश पाएको छु
साहस र धैर्यता विच जीवनको यथार्थ फुलेको सुनेकोछु
तिम्रो लागि सस्तो ठानिएको प्रेमले प्राकृतिलाई चिन्न सकेको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *