Skip to content

तीन टुक्रा (विवशता, जिजविषा, सहानुभूति)


विवशता
त्यो बूढो भिखारीले भिख भित्रको अस्तित्वलाई
बुझेर नै होला शायद आफ्नो बाँकी श्वास
मृत्युको भिक्षा राखिदिए जस्तो लाग्छ -विवशतालाई ।

जिजविषा
चितामा सुतिसकेको त्यो लाशले पनि
फेरि एकपल्ट कात्रोबाट च्याएर
संसार र स्वयमलाई हेर्ने ठूलो इच्छा
गरे जस्तो लाग्छ -जिजविषालाई ।

सहानुभूति
नयनबाट झरेका ती अनमोल आँसुका थोपाहरूले
रुझेका परेलीहरूलाई देखि दया गरी
फर्केर फेरि तिनीहरूलाई पुछिदिने
बिचार लिए जस्तो -सहानुभूतिलाई ।

-प्रभास मासिक अंक २ वर्ष२ (दार्जिलिङ्गबाट प्रकाशित)

1 thought on “तीन टुक्रा (विवशता, जिजविषा, सहानुभूति)”

  1. Comment: *
    amuktak
    only 4 line or sort poetry is not muktak .muktak has own rule & regulation . plz study muktak’s difinition.

Leave a Reply

Your email address will not be published. Required fields are marked *