Skip to content

समुद्रमा उर्लिएको छाल


समुद्रमा उर्लिएको छाल झैँ छ जीवन
टुटिहाल्ने माकुराको जाल झैँ छ जीवन

मर्न पनि नसकेको बाँचेको नि होइन
हिंउदमा घिरौँलाको झाल झैँ छ जीवन

लोभ, लालच, तिर्सनाले घेरेको छ टन्नै
दुर्गन्धले भरिएको ताल झैँ छ जीवन

निलेकाछन् घाम, पानी, हूरी,वतास मिल्दै
जताततै चुहिएको पाल झैँ छ जीवन

जति च्याँखे थापे पनि बल्झिंदैन कहिल्यै
सधैँ हार्ने जूवा तासको खाल झैँ छ जीवन

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *