Skip to content


बाँझै देख्छु खेत बारी किसान हराएछ
खेती गरी जाहान पाल्ने निदान हराएछ

छाती पिट्दै बुढी आमा रोइन आँगनीमा
विदेशबाट छोरो आको बिमान हराएछ

आस्था बोकी गएको थे पथ्थर पुजी आँए
थाहै थेन मन्दिरबाट भगवान हराएछ

लासमाथि राजनीति अचम्मै भो हजुर
हिजै राती सम्सानबाट चिहान हराएछ

ढ्याङ्रो ठोकी ऊपचार गरिन्छ बिमारीको
अन्धबिश्वास सामुन्नेमा बिज्ञान हराएछ

जीतु खड्का गाउले
उर्लाबारी मोरंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *