Skip to content

मेरो माया तिमीलाई


मेरो माया तिमीलाई बिटुलो भएछ
तिम्रो विश्वास गर्नु मेरो भुल रहेछ

सबैलाई बिर्सिएर रोजें तिम्रो साथ
बदलामा दियौ मलाई गहीरो घात
सँगै जिउने आशामा जिन्दगी गएछ
तिम्रो विश्वास गर्नु मेरो भुल रहेछ

हर पल यो नजरमा तिमी सुहायौ
तिमीले नै मलाई आँशुमा दुबायौ
बदनाम खोलीमा रहरहरू बगेछ
तिम्रो विश्वास गर्नु मेरो भुल रहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *