Skip to content

गजल (यस्तै छ जिन्दगी)


यस्तै छ जिन्दगी उधारो उधारै
कसरी चुकाँउ ? बाँकी छ बजारै

अनर्थ भयो रे मायाँको बस्तीमा
मिर्मिरे नहुँदै पुग्नु छ सखारै

आए थ्यो खहरे उर्लेर आँखैमा
म डुबें आँशुमा ऊ रहयो किनारै

हुँदैन थ्यो बोल्न ती तुच्छ बचन
बोल्यो ऊ त्यसरी नगरी बिचारै

छोप ए चेली हो लुटिन्छ अस्मिता
देखाई ती अंग नराख उघारै

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

First published : 2013-08-19 19:29:33 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *