Skip to content


अति उतम मानिने हिन्दु परम्परा जनै पूर्णिमा, दिदी, बैनी र दाजुभाइको गहिरो नाता हातमा रक्षाको धागो बानेर सम्बन्धलाई अटल राख्न यो दिन पबित्र र अति नै महत्व मानिन्छ ! आज देखि बर्ष दिनमा आउने चाड पर्ब शुरु हुने गर्दछन ।

जनै पुर्णीमाको दिन मुलरुपमा ब्राह्मणहरूद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरूलाई पवित्रताको सुचक धागो बांधेर उनीहरूको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्य हिनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर उल्लेख विभिन्न धर्म ग्रन्थमा भएता पनि, यसलाई विद्धान, समाजमा जे जसरी लिउँन तर आफन्तको माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन !

दिदी बहिनीले दाजुभाइलाई बोलाएर जनै, दिने हातमा धागो अर्थात् राखी बानी उपहार दिदै उनीहरूको सु-स्वास्थ, दिर्धायु जीवनको लागि कामना गर्दै आशीर्वाद दिदै, विभिन्न थरीका खाने कुरा, क्वाटी, खिचडी जस्ता आजको दिनमा सबैभन्दा महत्व पूर्ण रहने भएकोले मिठो स्वादमा पकाएर दाजुभाइलाई खान दिने र हाशी खुशी खादै सबैले यो चाड मनाउने गर्दछन भने आजको दिनमा बुडा पाखाले भने आफूले मान्य आफ्ना ज्वाईलाई बोलाएर ज्वाईबाट हातमा धागो बान्दै जैन फेर्ने र ज्वाईलाई टीका लगाई हातमा फल तथा दक्षिणा दिने चलन आज पनि जीवित नै छ ।

हिन्दु धर्मावलम्बी ब्राह्मणबाट शुरु हुने यो चार्ड हर्ष र उल्लासका साथ आफ्नो संस्कृति र धर्मको पालना गर्दै मनाउदै आएको यो जैन र पबित्र हातमा बाधिने काचो धागोको महत्व हो तर हिजो आज यसलाई अलि फैसंनको रुपमा इन्डियाको देखा सिकी सुन्दर तथा रङ्गी विरङ्गी झिली र मिली राखी दाजुभाइको हातमा बाधेर मनाउने गर्दछन । त्यस्तै यो जैन पूर्णिमा भनेको ब्राह्मणहरूले काचो धागोबाट मन्त्र जप्दै बर्ष भरि बनाएर राखिएको जनैलाई आजको दिन पूजा र पाठ गरी मन्त्र जपेर शुद्ध गरी बर्ष दिनसम्म फेर्न वा, विभिन्न चार्ड पर्व, मर्न तथा हरेको पुजामा प्रयोग हुने गर्दछन ।

जसरी पंचमीको बर्त महिलाहरूको लागि महत्व छ र उनीहरूले त्यो कर्म खोलामा नुहाएर चोखो बसी सप्तऋषिको आरधना सुद्ध भएर गर्दै चोखो एक छाक खाएर गर्दछन त्यस्तै यो जैन पूर्णिमा पुरुषहरूले ब्राह्मणको कर्म पुरा गर्न आफूले बर्ष भरी गरिएको केही त्रुटी भए आफ्नो कर्म गर्न खोलामा गई शुद्ध भएर नुहाउदै मन्त्रको उच्चारण गरी जनै फेरि आफ्नो पितृहरूलाई सम्झेर अजुलिले अर्ध दिदै सप्तऋषिको आराधामा गर्दै शुद्ध भई घर देखि हातमा रक्षाको धागो बान्दै आफ्नो ब्राह्मण धर्मको रक्षाको लागि आफ्ना शिष्यहरूलाई पनि कर्म गराउदै यसको व्यवस्था गर्न तल्लीन हुन्छन् ! यसरी रक्षा-बन्धन पर्वले आफ्नो संस्कृतिको, पम्परा र धर्मको रक्षा गर्दै समाजमा पनि प्रभावित पार्दै आएको हामीले पाउछौ ।यो पर्ब हिन्दुहरूका लागि मात्र नभै सम्पुर्ण मानव जातिकै लागि महत्वपुर्ण पर्वको रुपमा रहेको छ ।

धर्म ग्रन्थ अनुरुप जनै पुर्णीमाको दिन मुलरुपमा ब्राह्मणहरूद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरूलाई पवित्रताको सुचक धागो बांधेर उनीहरूको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्य हिनता र असुरक्षाको नाश हुने बिशावाश गरिन्छ ! यो दिन दिदीबैनीहरूले दाज्युभाइहरूलाई गुरुहरूबाट मन्त्रिएर जनै हातमा दिदै ल्याएको काचो धागो रक्षाको रुपमा हातमा नारीमा बांध्ने गरिन्छ । यो राखी सूत्र दाजुभाइद्वारा दिदीबैनीहरूको हर जटिल तथा विपरित परिस्थितिहरूमा रक्षा गर्ने एक प्रतिज्ञा कवजको रुपमा लिइन्छ । पौराणिक कथा अनुसार दैत्य र देवताहरूको युद्धमा इन्द्र देव जब आसुरी शक्तिबाट परास्त भई आफ्नो दैवी राज्य गुमाएर बसेका थिए तव उनकी पत्नी इन्द्रायणीले ईश्वरलाई साक्षी राखी पवित्रता र आध्यात्मिक शक्तिको प्रतिक काचो धागो शक्तिको प्रतिक सूत्र बांधेकी थिइन । फलस्वरुप इन्द्रले आसुरी शक्तिलाई दमन गरेर आफ्नो राज्य भाग्य र सम्पती प्राप्त गर्न सफल भएको कुरा पनि धर्म ग्रन्थहरूमा लेखिएको छ त्यो आज पनि पढ्न र गुरुहरूबाट कथामा सुन्दै आएका छौ ! यो महान पवित्र पर्वले पति र पत्नीलाई पवित्रतारुपी श्रेष्ठ गुण सूत्रमा बांधेर गृहस्थ जीवनमा सफलता र ऐश्वर्य दिलाउन समर्थ पनि सफल भएको छ ।

रक्षा शब्दको अर्थ – रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु भन्ने बुझिन्छ भने “बन्धन शब्दको अर्थ कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु वा प्रण गर्नु हो भन्ने अर्थ लाग्दछ ‘। त्यसैले हामीले पनि आफ्नो हिन्दु धर्मको संस्कारको, संस्कृतिको रक्षा गर्न कर्मलाई पवित्र, मान्दै यसलाई महत्व पूर्ण र श्रेष्ठ तथा दिव्य बनाएर आफ्नो देश तथा विश्वको रक्षा गर्ने पवित्रताको प्रण गरौ !

सबै देशमा आ-आफ्नो तरिकाको धर्मलाई मान्ने गरेता पनि आखिर उही एउटा ईश्वरीय बन्धन र सांसारिक कर्मको बन्धनलाई मानिन्छ । ईश्वरीय बन्धनमा दिव्य नियम मर्यादाको पालना गर्नु, सत्य धर्ममा रहनु, जसले गर्दा सुख शान्ति, आनन्द अनि पवित्रता प्राप्त हुने गर्दछ । सांसारिक कर्मको बन्धन भित्र दुःख अशान्ति, रागद्वेष, ईष्या, कलह क्लेष जस्ता अनेक विकृतिहरू निहित भएता पनि, मुलरुपमा मानव चेतनशील हुनाले उसमा शान्ति प्रिय हुनुको कारणले गर्दा नै स्वभाविक रुपमा ऊ भित्र शान्तिको चाहना हुने गरेको पाइन्छ, किन कि रक्षा बन्धन एउटा ईश्वरीय बन्धन हो । जसले पवित्रताको अनि, धर्म रक्षाको सुखद अनुभूति दिने गर्दछ । वास्तवमा मानवले शारिरिक रक्षा, धर्मको रक्षा, सतित्व अर्थात पवित्रताको रक्षा, कालबाट रक्षा, सांसारिक आपत तथा संकटबाट रक्षा जस्ता अन्य रक्षाहरू पनि होश भन्ने चाहन्छन । चारैतिर बढदो असुरक्षा, हत्या हिंसा, अन्याय अत्याचार पापाचार, आसुरी विचारधाराको बोलवाला भई मानव काम, क्रोध, लोभ, मोह अहंकार जस्ता विकृतिहरूको पुर्णतया वशमा परेर दुःख अशान्तिमा जीवन व्यतित गरिरहेको समयमा मानवलाई यस प्रकारको दुखदायी बन्धनबाट मुक्ति दिलाउने, रक्षागर्ने कर्तव्य निर्वाह गर्न तथा संकटको समयमा धर्मको रक्षा गर्नका निम्ति विश्व रक्षक, जगत नियन्ता, सर्व रक्षक परमात्मालाई यस धर्तीमा अवतरित हुनुको आवश्यकता यस्ता धर्महरूबाट देखिन्छ सायद रक्षा बन्धन यस्तै कुराहरूको रक्षाको रुपमा देखिएको हो !

तसर्थ हामी हरेक नर नारीले आफ्नो जीवन श्रेष्ठ शक्तिशाली र सुरक्षित बनाउनका निम्ति मन, वचन र कर्मले पवित्रतालाई अपनाऔं । नकारात्मक वृत्ति तथा कुकृतिहरूका विरुद्ध पाईला चालौं । हामी सबैका कल्याणकारी परमपिता परमात्माद्वारा प्रदत्त रक्षासूत्र ग्रहण गरौं र स्व को रक्षा गरौं । सुरक्षित बनौ अनि देश तथा विश्वको रक्षा गरौं । वास्तवमा पवित्रताको धारण नै सुरक्षाको साधन हो । पवित्रताको व्रतले नै आजका सबै खाले समस्याहरूको हल गर्न सकिन्छ ।

जसरी बाहिर देखिने बिजुलीको तार सामान्य रुपमा देखिन्छ तर त्यो जोड्दा करेन्ट लाग्दछ उसले आफ्नो शक्तिको प्रदर्शन गर्दछ जसबाट उसले घरदैलोमा रोनक तथा उज्यालोपन दिन्छ, त्यस्तै रक्षा बन्धनको धागोपनि सामान्य दुई चार रुपैयाबाट खरिद गरी त्यसलाई सुता मिलाएर मन्त्रि काचो हर्दिमा रगाउदै मन्त्रबाट शुद्ध गरी त्यसलाई मन्त्रबाट बाधिदा त्यो भित्र महत्वपुर्ण भाव र शक्ति लुकेको हामीले महसुश गर्ने गर्दछौ अनि यो धागो भित्रको पवित्र, उच्च भावलाई बुझेर जीवनमा विस्वास राख्दै अपनाउँने गर्दछौ ।

आउनुहोस्, हामी सबैले पवित्रताको प्रतिक रक्षा बन्धनको अर्थलाई बुझ्ने कोशिश गर्दै रक्षा बन्धन आफ्नो दाजुभाइको हातमा बाधौ र हामीले पनि आफ्नो गुरुहरूबाट ग्रहण गरौ !

यसरी यो जनै पूर्णिमालाई हर्षो उमंगका साथ मनाउन सबै इष्ट मित्र, संगी साथी, आफन्त तथा म देखि टाडा रहनु भएको मेरो दाजुभाइलाई यसै मार्फत राखी टक्र्याउदै मंगलमय शुभकामना दिन चाहन्छु – “ओम हरि तत्सत् ।”

निशा खनाल अर्याल

हाल :इजरायल

1 thought on “जनै पूर्णिमा”

  1. thank u sister dherai khusi n
    thank u sister dherai khusi n majja lagyo hajur ko yo lekh padhera .bidesh mai rahe pani hamro dharma n sanskar sanga sakshyat kar garaidinubhayeko ma, alot of thanks again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *