Skip to content

भोक हो माया

  • by


भोक हो माया
महारोग हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शोक हो माया ।

सांघु हालेर मायाको कति त जंघार तरी जान्छन
चढ्न नसकी मायाको शिखर कोही फेदीमै झरीरन्छन
एउटाले जिते पनि मायाको बाजी अर्कोको हार हुने
पाप हो माया
सन्ताप हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
श्राप हो माया ।

खुट्किला बनाई मायालाई कति त सफलता टेकिदिन्छन
अरुको खुशीमा तघारो बनि कोही बाटो नै छेकिदिन्छन
थोरै होलान केहि मायामा पाउने धेरै छन गुमाउने
भूल हो माया
झरेको फूल हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शूल हो माया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *