Skip to content


नारी हुन् आमा नारी हुन् दिदी नारी नै बहिनी
दुःखमा पनि सँगै नै हुने जीवन संगिनी

सबभन्दा बढी दुःख र कष्ट नारी नै भोग्दछन्
पीडाले मैलो भएको छाती आँसुले पखाल्छन्
नारी हुन् आमा नारी हुन् भाञ्जी नारी नै बुहारी
दुःखमा पनि सँगै नै हुने जीवन संगिनी

सबैको लागि हाँसो र खुसी नारी नै त्याग्दछन्
त्यागको बदला उपेक्षा पाउँदा त्यो सबै सहन्छन्
नारी हुन् आमाजू नारी हुन् नन्द नारी नै देवरानी
दुःखमा पनि सँगै नै हुने जीवन संगिनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *