Skip to content

साहसिक यात्रा

SushilShah


सोच्दै…
पाइला चाल्नु पर्ने
त्यसमाथि झन्
सधैं उकालै–उकालो
आहो ! कति मुस्किल साँच्चै
हिमाल चढ्न

बाटोछेकी बसेका
हिउँका डरलाग्दा चट्टान
अनि मौकाछोपी बसेको
त्यो हिउँ पहिरो
आहो ! कति मुस्किल साँच्चै
हिमाल चढ्न

उडाएको जस्ले थाहैनदिने
त्यो चोर बतास
र जहाँको त्यहीँ जमाइराख्ने
त्यो शुन्य तापक्रम
आहो ! कति मुस्किल साँच्चै
हिमाल चढ्न

थकाइ मेट्न बाटोमा
कतै हुँदैन चौतारो
प्यास मेट्ने बाटोमा
न कुनै धारो
आहो ! कति मुस्किल साँच्चै
हिमाल चढ्न

भेटिन्छ या भेटिदैन लक्ष्य
के ठेगान ?
बाँचिन्छ या मरिन्छ कतै
के ठेगान ?
आहो ! कति मुस्किल साँच्चै
हिमाल चढ्न

हिमाल चढ्नु
त्यसैले–
साहसिक यात्रा हो
र हो
सायद,
जीवन बाँच्नु पनि ।

सुशिल शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *