Skip to content

तिम्रो शहरमा

  • by


बन्द हडताल सधैं जाम तिम्रो शहरमा
दिउसै मान्छे बन्छ लिलाम तिम्रो शहरमा

सत्य झुटो ठहरिन्छ झुटो चाहि साँचो
सज्जन हुन्छन बदनाम तिम्रो शहरमा

मान्छे मान्छे भन्दैन सुरतालमा परेपछि
चल्छ खलबल हरसाम तिम्रो शहरमा

बनाउने राम्रोभन्दा जमात बिगार्नेको
कस्तो अमचम्मको काम तिम्रो शहरमा

न दया माया छ, न मनमा मानवता
रातको रावण दिनको राम तिम्रो शहरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *