Skip to content


स्थावर जंगम प्राणीहरूका रुप अनेकौं देखिन्छन्
आत्मा सबका साझा छन्, घटवासी त यौटै हुन्
सब भगवतकै रुप हुन् यी- म, तिमी र यो चराचर
आत्मा अद्वय, एक रस नित्य निरन्जन परावर

उठेर झिल्का अग्निबाट ठाउँ अनेक बल्न जान्छन्
झिल्का त साम्य हुन्छन् आखिर अग्नि एकै ठहर्छन्
सागर पनि त थोपा थोपा भएर संसार भरि झर्छन्
सबको काम पूरा गर्छन् अनि सागरमै गई गिर्छन्

गर्छन् पूजा त संसारी भाव अनेकौं थरी थरी
सबको इच्छा पूरा गर्ने आखिर यौटा उनै हरि
तस्मात् हे अन्धा, हरिमा चित्त लगाऊ अन्त नजाऊ
हरिओ म तत्सत् गरिकन हरिमै अर्पण गरेर खाऊ

सजिलो यै छ तर्ने उपाय आत्मा सन्तोष गरी रमाए
जहाँ जहाँ पुगे नि तिर्थाटनमा हरिलाई नै अघि बढाए
पहिले हरि हरि भज्नु राम्रो भोजन छादन सुत्ने बेला
जब खुल्छ नि निद्रा तिम्रो हरिलाई नै सम्झ अकेला

हरिको कृपा पाई आज बनेका छौं मान्छे समाज
नर रुप व्यर्थ खेर नफाल जीवन सफल बनाई हाल
तस्मात् यो अपार नरजीवनको घडी नडुबेसम्म
राख्नू श्रीजगदिश्वरको नाम एक ब्रह्म घटमा टम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *