Skip to content

एक हुल मान्छेहरु


हो, तिमी जस्तै म जस्तै
एक हुल मान्छेहरू
लिप्सा भएर बसेका छन्
पर्खालको दुरी मेट्न …
तिमी जस्तै म जस्तै
एक हुल मान्छेहरू

तिम्रो जस्तै रहर
मेरो जस्तै रहर
हाम्रो जस्तै उसको रहर
पोखरी भएर बस्ने हैन
नदी जस्तै बग्ने रहर
एक हुल मान्छेहरूको रहर

तिम्रो जस्तै घमण्ड
मेरो जस्तै घमण्ड
उसको जस्तै हाम्रो घमण्ड
अँध्यारो चिरेर उज्ज्यालोमा बाच्छु भन्ने
एक हुल मान्छेहरूको घमण्ड …

Leave a Reply

Your email address will not be published. Required fields are marked *