Skip to content

कति अभिमन्यु हरु मार्छौ

picture-2521

एकलव्य ले दिएको गुरु दक्षिना
तिमीलाई सानु हुनेछ
तिमि त गुरु दक्षिना मा सम्पूर्ण हातै माग्दै छौ
मर्यादा पुरुसोत्तम ले लिएको अग्नि परिक्षा
तिमि त ननिभ्ने आगो बालि रहेछौ
दैनिक अग्नि परिक्षामा सीताहरू पोली रहेछौ
सुग्रिब र बालि नचिनेर दुवै बाँदर मारी रहेछौ
रावणले राक्षसि रूपमा पनि सुनको लंका दिएथ्यो
तिमि त आफैं सुनको भएछौ
तिमि त कति महंगा भएछौ
चिर हरण मा तिमि त दुशासन भन्दा अग्ला भएछौ
सहश्र कौरव भन्दा तिमि एक्लै भिड भएछौ
सुदामा को अन्न हाल्ने भाँडो नै लिएर गएछौ
कुब्जाको त्यो बांगो ढाड भाची दिएछौ
वेद, कुरान , बाइबल पढेर तिमि ज्ञानी भन्दा बढी
ठुला तस्कर ब्यापारी भएछौ
यौन का रासलिला हरुमा तिमि
अब्बल भएछौ तिमि जनताका शासक भएछौ

अब गाण्डिवहरु उठ्ने छन्
अस्वत्थामा का पाइतालहुरुले तिम्रो छातीमा थिच्ने छन्
अनि अग्नि परिक्षा तिमीले दिनु पर्ने छ
भिष्म पितामहको राज्यमोहले अब थेग्दैन
दुर्योधनको सम्मानले कर्ण बच्दैन
पाञ्चजन्य घन्की सक्यो
पापको घडा फुट्नै लाग्यो
हत्केलाले घाम छेकिन्न
तिमीले बालेको त्यो राँकोले अब
तिमिलाइनै जलाउने छ
हिजो जित्दैमा फेरी जितिन्छ भन्ने छैन
अब तिमि हार्ने छौ
किनकि ,
रगतका टाटाहरु तिमीले अझै धोएनौ
कलमहरु भांची दियौ मस्तिष्क हरु मा
विचारहरु बग्न पाएनन
कति अभिमन्यु हरु मार्छौ
=====================
srdhakal

Leave a Reply

Your email address will not be published. Required fields are marked *