Skip to content

मेरो देश हो नेपाल


हिमाल पहाड तराईले, यो भूमिलाई ढाकेको
विविधतामा एकता छ, हामी सबैलाई राखेको
भृकुटी र सीता जन्मे, यही धर्तीको माटोमा
बुद्ध पनि यही नै जन्मे, हिंडौ ज्ञानको बाटोमा
मुटुभन्दा पनि प्यारो, यो छाती छ विशाल
भूगोलको मानचित्रमा, मेरो देश हो नेपाल

गण्डकी र कर्णाली, मेची कोशी महाकाली
बहेली खेल्दै बग्छिन्, सुसेलीको भाका हाली
उच्च शिखर सगरमाथा, मनमोहक अटल शान
हातेमालो गरी बढौं, देश विकास स्वाभिमान
स्वर्गभन्दा पनि प्यारो, प्रकृतिको मोहजाल
भूगोलको मानचित्रमा, मेरो देश हो नेपाल

राजनीतिको धार बगोस्, प्रगतिले गति पाओस्
जनताको मुहारमा, नौलो बिहानी खुशी छाओस्
सिद्धान्तमा अडिग हुँदै, छोड नाथे अभिमान
ईतिहासलाई नभूल है, वीर सपूत बलिदान
बनाऊ देशको संबिधान, राखी नियत असल
भूगोलको मानचित्रमा, मेरो देश हो नेपाल ।

रुपलाल विश्वकर्मा “रुप अनुरागी”
तनहुँ-दमौली,
हाल : दुबई, यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *