Skip to content

यस्तै रहेछ यहाँ


लुट्नेहरू यहाँ लुटेका लुटेकै छन्
खानेहरू यहाँ खाएका खाएकै छन्
दिनदाहडै शक्ति हुनेले मारेका मारेकै छन्
विचरा बबुराहरू मारिएका मारिएकै छन ।

खानेहरू अघाएर डकारिरहेका छन्
भोका र नाङ्गाहरू सडकमा चिच्चाइरहेका छन्
आखिर खेल त शक्तिको मात्र त रहेछ
शक्तिहीनहरूको त जन्मनु र मर्नु मात्रै त रहेछ ।

गरीबलाई ऐन धनीलाई चैन हो नै रहेछ
आखिर जन्मदै गरीब मर्दा नि गरीबै रहेछ
गरीबलाई निवारणका नारा भाषण रहेछ
ढोंगी र बद्मास लुटेराहरूकै बोल्वाला रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *