मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
आस्थाको दीयो
kbs — Sat, 01/24/2009 - 16:14
नयाँ कार्यालय, नयाँ भवन, नौलो ठाउँमा नयाँ जोश लिएर क्षेत्रीय विकास अधिकारीले कार्यभार सम्हाल्दछन्। तिनको कर्तव्य हो स्थानीय बासिन्दाहरूमा सेवा पुऱ्याउने। यही क्रममा एउटी दुब्ली-पत्ली वैंश निख्रिनै लागेकी देखिने युवती कार्यालय कक्षमा स्वाट्ट पसी। देख्दा चिर-परिचित लाग्ने युवतीलाई ठिम्याउन्न बीडीओ साहबलाई निक्कै मगज खटाउन पऱ्यो। तिनको स्मृतिपटमा ती युवती कहाँ-कहाँ चिनेकैहरूमा हुनुपर्छ भन्ने थियो। मनमा कुरा खेलाउँदै मगज खटाए, अहँ खुट्याउनै सकेनन्।
‘सर, हजुरलाई भेट्न निकै चोटि आइसकें।’ युवतीले अप्ठ्यारो मान्दै भनी। घुम्ने चौकीमा घुम्दै तिनले सोधे-‘तपाईंलाई चिन्न...।’ उसले झट्ट भनिहाली- ‘साँच्ची नै मैले सोंचे जस्तै भयो, बिर्सिनु भएछ।’ बस्ने आग्रह गरेपछि उ अघाड़ि पट्टिको चौकीमा बसी। उसले मुस्कान छरेर भन्नथाली- ‘याद गर्नुहोस् त्यो विश्वविद्यालय, अनि त्यहाँ भएको विदाइ समारोह, क्यान्टिनको लस्सी अनि त्यहाँ हुनेगरेको नाचगान।’
तिनले चौकीबाट उठ्दै भने- ‘बर्त-अर्थात सुश्री बर्त,’ दुबै हाँसे। ‘सायद अब चाहिँ श्रीमती बर्त भन्न पर्ला होइन र?’ युवती उत्तर नदिइकन निरासिन थाली, केही अप्ठ्यारो पार्ने पो भनिदिएँ कि ठानेर बीडीओ असजिलो मान्न थाले अनि केही क्षणको मौनता भंग गर्दै प्रसंग बदलिएर तिनले भने- ‘अँ भन आज अचानक बाटो भूलेर मेरो कार्यालयतिर कसरी?’
‘म तपाईंलाई नै भेट्न आएकी।’
‘मैले गर्नुपर्ने कुनै सेवा छ कि?’
युवती भावुक हुँदै भन्नथाली- ‘म तपाईंको लेखहरू पढछु। हिजो नै त हो, नारी सशक्तिकरणमाथि बोल्नुभएको दूर-दर्शनमा देख्नपाएँ। समाजमा पछाड़िएका अबला, शोषित नारीहरूको बारेमा बोल्न मात्र होइन तिनीहरूको उत्थान गर्न अघाडि आउन जरुरी छ भन्दै हुनुहुन्थ्यो होइन र?’
‘हो बर्त, म यही चाहन्छु हाम्रो समाजमा, गाउँमा, शहरमा अनि कार्यालयमा कतै पनि नारीहरू माथि भएको अत्याचार, थिचो-मिचो, हेपाइबाट उत्पन्न बेथिति-विकृति मास्ने दायित्व लिएका संघ-संस्थाहरूले आफ्नो जिम्मेवारी पूरा गर्नसक्नुपर्छ, नारी सशक्तिकरण दिवस मनाएर मात्र त नारीहरूको मानसिक विकास सम्भव छैन र उत्थान हुँदैन पनि।’ उसले हाँस्दै भनी-‘तपाईं अझै पनि भाषण राम्रो गर्नुहुँदो रहेछ कलेजमा जस्तै।’ ‘भाषण मात्र होइन मेरो माथि आइपरेको दायित्व पनि निभाउने कोशिश गर्दछु।’ बर्तको अनुहार निरासिँदै थियो, बीडीओले आफूलाई सम्हाल्दै सोध्न थाले, ‘ए हे म पनि के भाको कलेजको क्यान्टिनमा जस्तै लस्सी मगाऊँ? कि आज पनि तिम्रो वर्त?’
उसले जबरजस्ती अनुहार उज्यालो पार्ने कोशिश गर्दै भन्नथाली-‘मैले बर्त लिन छोड़िसकेकी छु। सम्झनुहोस् भगवान् प्रतिको आस्था-विश्वास हराउँदै गयो।’ उ फेरि निरासिन थाली- बीडीओले संकेतको बटन थिचेर लस्सी नै मगाए, उसले फेरि जबरजस्ती हाँस्ने प्रयास गर्दै भनी- ‘यस्तो जाडोमा लस्सी? मान्छेले के भन्लान्? ’ ‘मान्छेले जे भनून्- म त लस्सी नै खान्छु र आज तिमीलाई पनि खुवाउँछु, धन्य आज तिम्रो वर्त छैन रहेछ।’ उसको सानैदेखिकै पूजा-पाठ, तिर्थ-वर्तमा मन दिएको कारणले नै नाम पनि बर्त जुरेको होला भन्ठान्थे तिनका सहपाठीहरूले।
बर्तले हिचकिचाउँदै निजी स्कूलको शिक्षिकाको नियुक्तिको निम्ति सिफारिस मागी। बीडीओले लेखिदिँदै भन्छन्- ‘मेरोबाट हुनसक्ने काम त भइहाल्छ म गरिदिन्छु।’ फेरि त्यही विश्वविद्यालय, मैदानको गरम खपिनसक्नुको विषयमा चर्चा हुन्थ्यो। दिनभरिको वर्त पश्चात घाम डुबेपछि पूजा गरेर, लस्सी नै खान रुचाउँथी बर्तले। कलेजको क्यान्टिनमा पहाड़वासीहरूलाई देख्नसाथ त्यहाँ काम गर्ने मायालाग्दो बूढ़ो मान्छेले साँच्चै नसोधी लस्सीनै टक्राउँदथ्यो। दश वर्ष बितिसकेको त्यो क्षणलाई स्मरण गर्दै, बाक्लो चिसो गुलियो दही खाँदै दुवै हाँस्दा-हाँस्दै अचानक बसन्तको बारेमा कुरा निस्कियो र तिनले सोधे-‘अनि खोइ तिमीले देवतै ठानेको बसन्त?’ उसले फेरि अनुहार नियास्रो बनाउँदै लगी, ओठहरू मात्र चल्मलाए बोल्न भने सकिरहेकी थिइन, खाँदै गरेको लस्सीले भरिएको काँचको गिलास टेबलबाट छर्लम्म फुट्यो। उ टेबलमै घोप्टो परेर सुँक्सुकाउँदै रूनथाली- ‘मेरो भाग्य लुटियो.. सोंचेको जस्तो हुँदैन रहेछ जिन्दगी...। मैले देवता ठानेको बसन्त साँच्चै नै राक्षस रहेछ। यसैले म आस्था-विश्वास, पूजा, वर्त त्यागेर नास्तिक बनेकी छु।’ बर्त कार्यालयमा घरिघरि आउँदथी, क्रमशः उसका व्यथाहरू सुनाउँदथी। ‘मेरो गृहस्थी बस्न सकेन सर उसको मायाको खातिर गर्न मैले आफ्नो सम्पूर्ण अस्तित्व नै लुटाउँदै लानपऱ्यो।’ उ कराएर व्यथा पोख्नथाली-‘त्यो मसित प्रेम गर्छु भनेर देवी देवरालीको कसम खाने, म भनेपछि मरिमेट्ने, साँचो प्रेमको ढोंग रचाउने, सुन्दर घर गृहस्थीको अभिलाषा दिलाउने युवक बसन्त, राम्रो मान्छे होइन रहेछ, उसले मलाई बर्बाद गऱ्यो।’
निकैबेर सुँक्सुँकाइरहन्थी र फेरि भन्थी-‘म तीन महीनाको गर्भ बोकेर उसकोमा अर्धाङ्गिनी बन्न, आफ्नो हक माग्न, एक धर्को सिन्दूर कोराउन र पोते लिएर उसले बोलाएको स्थलमा पुगें। उ पैसावाला त थियो नै, उ जस्ता बीस-बाइस साथीहरू थिए उसित। हाम्रो दस्तूरबिनाको, संस्कारबिनाको सिन्दूर-पोते भयो। न त त्यहाँ कुनै मन्त्र पढ्ने पुजारी थिए, न त समाजका बूढ़ा-पाका, न त बेहुली श्रृङ्गार गरिदिने नारीहरू नै थिए। जसरी पनि मलाई उसको स्वास्नी बनिनै पर्ने बाध्यता थियो। बसन्तले मलाई पोते लगाइदियो, उसको साथीहरूले ताली मारे, सिन्दूर लगाउँदा मदिराका गिलासहरू ठोकाएर चियर्स भन्दै हाँसे। बसन्तले खेलाँची गरेर चुरोटको धुवाँ उड़ाउँदै भन्यो- ‘अब तिम्रो र मेरो बिहे भयो, यो तिम्रो पेटको शिशुमा मेरो नाम चड्यो।’
मदिरा थप्दै सबै हाँस्दै नाच-गान गर्न थाले। धून यस्तो थियो कि मलाई त त्यहाँ बस्दा चक्कर लाग्न थालिसकेको थियो। त्यो दिन पनि मेरो वर्त नै थियो। आफ्नो असल गृहस्थी बसाउन सिन्दूर-पोते सकेर आफ्नो पतिको हातबाट केही अन्न फल-फूल खानुपर्ने भन्ठानेको थिएँ तर म शाकाहारी, त्यहाँ त मदिरा र मासुको मात्र बन्दोबस्त रहेछ। यस्ता दुर्गन्धित चुरोटका धुवाँ, खपिनसक्नु रक्सीको गन्धले टाउको अति नै दुख्न थाल्यो, केही खाने स्थिति थिएन। भोक त औधि लागेको थियो तर कसलाई के भऩ्ने। आफ्नो भऩ्ने मासु, रक्सी र साथीहरूसँग मस्त थियो। मन लागेन निकै बेरको प्रतीक्षामा टोलाइरहें। एकान्तको बस्तीमा रहेको बंगलाको एउटा शयनकक्षमा गएर म आफ्नो भाग्यलाई धिक्कार्दै सुतें।
आकाशमा बिजुली चम्कन थाल्यो, चट्याङ पऱ्यो, डाकबंगलाको बिजुली झ्याप्प निभ्यो। मोमबत्ती बाल्न चौकीदार भित्र पस्यो र धिपधिप बसेको उज्यालोमा भन्न थाल्यो-‘नानी छोरी- तिमी पनि यिनीहरूको चङ्गुलमा फँसिछ्यौ। यिनीहरू मान्छे होइनन् राक्षस हुन्। यसरी कति-कतिका छोरी-चेलीहरू बर्बाद गरेको मैले देखेको छु। तिमीमा भिन्दै किसिमको एउटी आदर्श नारी पाएँ। बसन्तको विश्वास नगर यसका साथीहरू सबै खत्तम छन्।’ कोही आउँदैगरेको सुनेर सतर्क हुँदै -‘भाग छोरी भाग यस्ता राक्षसहरूले दया-माया केही नगरी गीद्धले सिनो लुछे झैं तिमीलाई लुछ्नेछन् अनि तिम्रो ज्यान पनि जानसक्छ। यो अन्धकारलाई चिरेर नयाँ बिहानको खोजीमा भाग।’
‘मैले त सिन्दूर-पोते गरेर बसन्तलाई लोग्ने मानिसकें। म उसको श्रृङ्गार, हेर्नोस्न सिन्दूर पोते, म उसको अर्धाङ्गिनी।’
‘भावनामा नबग यथार्थ्य अर्कै हुन्छ बरू सिन्दूर पखाल, पोते चुँड़ाएर फ्याँकिदेऊ। तिमीलाई थाहा छ, नारीको सतित्वभन्दा ठूलो कुनै गहना हुँदैन।’
बर्त अलमल्ल परी। यसैबेला बसन्त लर्खराउँदै आयो, उसले उसलाई जीवनसाथी बनाइसके तापनि विश्वास गर्न सकिरहेकी थिईन। यसैले बसन्तले अँगालोमा बाँध्न खोज्दा विरोध गर्न पनि संघर्ष नै गर्नुपऱ्यो। अन्धकार बाक्लिँदै थियो, उ लाचार थिई, डर र भोकले उसलाई झन कम्जोर बनाउँदै लगिरहेथ्यो हिम्मत जुटाउनैपर्ने बाध्यता पनि थियो। यसैले भएभरको तागत लगाएर बसन्तलाई घचेट्दै दर्के पानी र निष्पट्ट अँध्यारोमा भागी। कहाँ जानु, कहाँ पुग्नु कुनै ठेगाना थिएन। यसरी नचिनेको बाटो अन्धा-धुन्धा हिँड़नाले कति ठाउँ लड़ी, कति ठाउँ चोट लाग्यो, जंगली काँड़ाहरूले उसको शरीर जताततै कोरिएको थियो, राती लाउने पहिरन मात्र लगाएकी बर्तका लुगा च्यातिएर चिथ्रा-चिथ्रा पारेको थियो। भाग्दा भाग्दै उसको शरीरको शक्ति सकिएर शिथिल भई अनि तीन-चार घण्टाको भाग्ने क्रमबाट थकित भएर दङ्ग लड़ी। उ चेतहीन अवस्थामा पुगिसकेकी थिई। ब्युझँदा यसै गाउँका दिदीहरूले उसलाई स्याहार-सुसार गरिरहेको पाई। बर्त त्यस भयानक रातमा सामुहिक बलात्कारबाट जोगिएर यसरी भाग्न लाचार अनि बाध्य थिई। ... उ तीन छक्क परी, अपरिचित दिदीहरूबाट आफ्ने सेवा भइरहेकोमा कृतज्ञ बन्दै, नमस्ते गर्दै, थरथराउँदै बोल्न थाली-‘हिँड़न सकी-नसकी त्यस विभत्स स्थानबाट आफ्नै भाग्यलाई धिक्कार्दै निख्रिएको जीवन धान्न यस ठाउँमा आइपुगेको छु। मलाई शऱण दिनुहोस्...।।’
तिनको सम्पूर्ण गाथा सुनेर बीडीओ साहेब केही बोल्न सकेनन्, फेरि तिनले भनिन्- ‘यो गाउँ मेरो होइन तर यस ठाउँको मलाई अति नै माया लाग्छ। किनकि यस ठाउँले मलाई आपत्तीमा बास दिएको छ। आज पूरा पाँच वर्ष भएछ।’ उसको व्यथा सुनेर त्यो पेटको शिशु के भयो भनी सोध्नै लाग्दा उसैले भनी- ‘म व्यथाले छटपटिएर सिकिस्त हुँदा-हुँदै यसै गाउँका दिदीहरूले मेरो पेटमै छिन्नभिन्न भएको भ्रूणको पनि दाह-संस्कार गरिदिए।’ उ विरक्तिएर रूनथाली, बीडीओ किंकर्तव्यबिमूड़ बने। उ फेरि सुनाउन थाली- ‘ऐले मलाई खर्चले पुग्दैन। उस बेलाको प्रसव पीड़ा आलो भएर घरि-घरि पिरोल्छ। शायद यो चोट पनि जिन्दगीभरिलाई असह्य घाउ भएको छ।’
‘तिमीले कानूनको ढोका ढक्ढकाउनुपर्थ्यो। यी दुनियाँभरका नारी उत्थानका निम्ति बनिएका सामाजिक संघ-संस्थालाई जनाउनुपर्थ्यो। तिमीजस्ती पढ़ेकी शिक्षित युवतीको त न्याय खोज्न नसकेर यो दशा हुन्छ भने झन् अशिक्षित नारीहरूको के हालत होला?’ उसले हिक्का छोडदै जवाब दिई- ‘आफू निको हुन तीन महीना लाग्यो। अनि शहरको ममतालयमा बसेर केस गर्दै थिएँ, फेरि बसन्तले अर्की केटीलाई पनि त्यसरी नै त्यही डाकबंगलामा लगेछ। त्यस केटीका आफन्तले थाहा पाएर उसका साथी सबै पक्रा परे। अहिले उनीहरू जेलको हावा खाँदैछन्। तर बसन्त सम्पतिको आडमा त्यहाँबाट भाग्न र जोगिन सफल भएछ। सायद उसको पापको अन्त हुनलाई नै हुनुपर्छ, केही दिनपछि उसको लाश मात्र फेला पऱ्यो। उसलाई यसरी उसैबाट यौन शोषित बनेकी कुनै नारीले प्रतिशोध लिएको भन्ने भनाइ छ। यसरी बसन्त नै मरिसकेपछि मैले यो मामिला नै त्याग्नुपऱ्यो।’
उसलाई राम्रो उपचार गराउने निश्चय गरेर आठ-दश हजार खर्च गरेपछि उ स्वास्थ्य हुँदै गई, मलाई आन्तरिक शान्ति महशूस भइरहेथ्यो। यसरी नै समय बित्दै गयो, बर्तसितको बातचित भएको पनि एक महीना भइसकेछ। उसले जसरी भए पनि उपचारमा लागेको खर्च सबै तिर्छु भन्थी। समयले उसको व्यथालाई मलम-पट्टी गर्दैलग्यो। आज उ निजी स्कूलमा शिक्षिका भएकी छे। महीनैपिच्छे उसको स्वास्थ्य उपचार गर्नलागेको रकम चुकाउँथी। बीडीओसित यसरी एउटै कलेज पढेकी, अभर परेकी, लाचार नारीको घरि-घरि भेटघाट भइरहेको देख्दा मान्छेहरूले शङ्का गरिरहेका थिए। एकदिन अचानक आफ्नी धर्मपत्नीबाट पनि फोन आयो-‘त्यो बर्त भन्ने केटी त राम्रो केटी होइन गतिछाड़ा आईमाई हो भन्छन्। उसको मैले धेरै कुरा सुनेको छु। त्यो केटी किन तपाईंलाई भेट्न आइरहन्छे?’
आफ्नी स्वास्नीलाई सम्झाउन निकै बहाना गर्नुपऱ्यो बीडीओले। तर पनि उसकी स्वास्नीको चित्त बुझ्न सकिरहेको थिएन। उ फेरि फोनमा रूँदै भन्न थाली-‘मेरो जिन्दगी बर्बाद भयो, अलिकति त यी बाल-बालिकाको ख्याल गर।’ तिनले फेरि सम्झाउने कोशिश गर्दै थिए। बर्तले भनी- ‘तपाईं नारी सशक्तिकरण सम्बन्धमा लेख्नुहुन्छ, भाषण दिनुहुन्छ, तर घरकी स्वास्नीलाई रूवाएर कसरी नारीको उत्थान गर्नसक्नुहुन्छ?’
स्वास्नी सुकसुकाउँदै थिई, झन् ढिट् भएर भन्न थाली-‘मैले पनि न्याय खोज्न जानेकी छु। जाने ठाउँमा जान्छु। त्यस नकच्चरीले अर्काको लोग्ने खोस्ने? मौका मात्र परोस् न छ्वाम्-छ्वाम् छिनाउँछु।’
यसरी नारीहरू एकार्कालाई बुझ्न नसकेर नै हेपिँदा रहेछन्, शोषित हुँदा रहेछन् हाम्रो समाजमा शङ्का, आह्रिस गरेर नै कति-कतिहरूको जिन्दगी लथालिङ्ग भएको पनि देखिन्छ।
उसकी स्वास्नीले अन्तमा प्रस्ताव राखी-‘त ठिकै छ उसलाई समाजसमक्ष खुट्टा ढोकेर, चेली स्वीकार्नु सक्नुपर्छ।’
बीडीओ साहबलाई पनि ढुक्क भयो किनकि यो घर-झगडाले सार्वजनिक रूप लियो भने तिनको आदर्शतामा पनि दाग लाग्नसक्थ्यो।
उसले हाँस्दै भन्यो- ‘परिवारमा एउटी चेलीको कमी थियो त्यो पनि पूरा भयो।’ यसरी समस्याको समाधान हुँदैगयो। बर्तको आफ्नो स्थिति सुध्रिँदै गएकोमा फेरि भगवानप्रतिको आस्था र विश्वासको सम्बन्ध जोडियो जसजसले चरित्रहीन भनी आरोप लगाएका थिए तिनीहरू नै उसका घनिष्ट साथी भएर नारीहरूमा सचेत अनि सुचरित्रको पाठ सिक्नथाले। बर्तले शिक्षा अनि आस्थाको दीयो त्यस ठाउँको घर-घरमा बाल्दै गई, अन्धकार मासिँदै गयो।
क्षेत्रीय विकास अधिकारीका नारी उत्थान जस्ता कैयौं आदर्श उदाहरण अनि सामाजिक चेतना अभियान कार्यरूपमा उतारेको देखेर एक आदर्श पुरुष पाउन सकेकोमा त्यस ठाउँका मान्छेहरूले सामाजिक अनि मानसिक विकास पनि हुँदै गएको अनुभव गर्नथाले। यसरी बर्तभित्र आशाको दीयो बलेर उसको जिन्दगी उज्यालिँदै गयो।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 18 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 16 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 17 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- बहारसँगै उँड्यो मन
- मेरै देशमा जन्मे बुद्ध
- उज्यालोको एकालाप
- नदीकिनारमा
- भुत्ते हतियार
- "एकान्तका आफन्ताहरु ।।।।"
- भित्तामा टाँगिएको तेलचित्र
- आगोको ज्वाला
- कार्यालय
- Welcome to Majheri.Com
- बादलुको माथिमाथि
- घामसँग
- मृगतृष्णा
- गजल
- बरु काली भन कृपया मलाई जाली नभन
- ऋग्वेदमा देवीदेवता
- तीन हाइकु
- गजल
- आमा
- तिमीसित गुनासो

Post new comment