काँडैकाँडा बीच हिड्दा फूल भेट्दा लाग्छ खुसी
बिरानोमा आफन्तको हुल भेट्दा लाग्छ खुसी
बगरमाझ जिन्दगी यो हिंडिदिन्छ कहिलेकाहीँ
रसिलो त्यो मायाप्रेमको मूल भेट्दा लाग्छ खुसी
माया गर्ने मान्छेहरू जे जस्तो नि सहिदिन्छन्
त्यसैले त भन्ने गर्छन् भूल भेट्दा लाग्छ खुसी
पारी हुन्छ आफ्नो मान्छे वारि हुन्छे’बिना’जब
दुई किनार जोडिदिने पुल भेट्दा लाग्छ खुसी
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
so nice poem i like so much
so nice poem i like so much ……..
NICE POEM
NICE POEM