Skip to content


मलाई सिंगै बाच्न देऊ
टुक्रा टुक्रा पर्न नखोज,
धुलो पिठो नखोज ममा,
म त सिंगै बाँच्न खोजेकी छु
तिम्रा निदिई मारको खाचो
भएन मलाई
बरु म निस्क्रिय भएरै,
बाच्न चाहन्छु, आफ्नै रुपमा
अनगिन्ती ठोकाइको साँध
नपार मलाई,
कसैलाई काम नलाग्ने धुलो ठान बरु,
तर टुक्रा टुक्रा न पार मलाई
सिंगे बाँच्न देऊ आफ्नै रुपमा
आफ्नै रुपमा ……………….. !

Leave a Reply

Your email address will not be published. Required fields are marked *