Skip to content

रहरको लागि रहर


रहरको लागिरहर पालेर के काम
आफूसँग भएको खुशी बालेर के काम

प्रपंचको आवरणमा लुट छ सर्वत्र
जो देखियो एक एक गरी टालेर के काम

जो कोहीलाई कहा मिल्छ र प्रेम विरासत
विछिप्त सिउदोमा सिन्दुर गालेर के काम

पैसा कमाउन रहर कस्लाई हुन्न र
तर कालो धन अगालो हालेर के काम

उस्को हत्या भो -”स्कुल सट्टा मन्दिर बनाएँन रे”
अब हर आस्थाको धरोहर ढालेर के काम

नहिडेको बाटो हिड्न मन लागेको छ मलाई
विवेकले अमूल्य समय फालेर के काम ।

अस्तु

विवेक दुलाल क्षेत्री “दमक”
दमक, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *