Skip to content

अडित पाइला


चुँडिएको मुटु
घस्रिदै घस्रिदै हिडिरहदा
तिमीले दिएको आश्वासनमा
ढुकढुक गरी मुटु धड्किदा
अडित रहे यी पाइला
मेरी प्रिय आमासँग
मायाको अँञ्जुली थाप्दा
सट्टामा बेफलीको झरीले रुझ्दा
अडित रहे यी पाइला
आकाशे ढुङ्गे असिना बर्षिदा
टाउको फुटी रत्ताम्य हुँदा
धरातलीय बाबाको छातीमा
ओत बस्न खोज्दा
तिखारिएका रात्तिएका,तात्तिएका
क्रोधी आँखा देख्दा डराएर
अडित रहे यी पाइला ।

मुटु भक्कानिएर फुट्दा
सहनुभुतिको आशाले
आफ्नै सम्झिई तिमीलाई
टेक्न खोज्दा
धकेलेर, ठेलेर हुत्याएर जान खोज्दा
अडित रहे यी पाइला
छुरा रेटिदा मेरै गर्धनमा
तिमीले खुट्टा चोपली हिड्दा
देखिन दया पाउने ठाउँ
त्यसैले अडित रहे यी पाइला
अडित रहे यी पाइला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *