Skip to content

चार मुक्तक (तिम्रो रुपको बुँइगलमा)

AlpaBiram-02


१)
तिम्रो रुपको बुँइगलमा मेरो शब्दको धन्सार छ
मैले जसरी चाहेको थिएन त्यसै अनुसार छ
तिमी छ्यौ मेरो जीवनको सार त्यसैले म छु
तिम्रो आँखाको नानीमा मेरो साहित्य संसार छ ।

२)
रिसाएको बेला मलाई प्रेमले फकाउँछिन मेरी उनी
उदासीको बेला मलाई उन्मुक्त हसाउँछिन मेरी उनी
मेरा पाइलाहरू ठाउँ कुठाउँ बहकिन थाले छन् भने
अधिकार प्राप्त पुलिसले झैं मलाई थर्काउँछिन मेरी उनी ।

३)
आमाको दुरावस्था देखेर धर्धरी मन रुँदो रै’छ
मेची काली जस्तै बर्बरी आँसु बग्दो रै ‘छ
ऊ बेला त बरु एउटै मात्र राजा थियो
गणतन्त्रमा त झन् थरीथरीको राजा हुँदो रै ‘छ ।

४)
कसैले ललिपप दिए बच्चा जस्तै हामी खुरुक्कै फकिन्छौँ
कसैले फुर्क्याई दियो भने हामी मसक्कै मस्किन्छौँ
दुई अजंग हात्तीको बीचमा निश्चिन्त सुतेका छौं हामी
उनीहरू प्रेमक्रिडा गरुन् वा झगडा निश्चित छ हामी सकिन्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *