Skip to content

ढेडुहरूको आफ्नो कुनै घर हुन्न

  • by


ढेडुहरूको आफ्नो कुनै घर हुन्न
बेईमानीको यहाँ कुनै भर हुन्न

डढेलोले आफ्नै मनको भिर डढाए
मायालुको घर छाउने खर हुन्न

चौतारी त्यो प्रेमको भत्काएर हिडें
दाहिने देब्रे पिपलुको बर हुन्न

पलायनका कदमहरू बढिरहे
नागरिकतामा कुनै दिन थर हुन्न

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *